भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"सिमानापारिबाट / रमेश क्षितिज" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=अर...' के साथ नया पृष्ठ बनाया)
 
पंक्ति 15: पंक्ति 15:
 
हे¥यो होला पिँढीमा बसेर
 
हे¥यो होला पिँढीमा बसेर
 
गुँड फर्किरहेका
 
गुँड फर्किरहेका
बथानका बथान साँझका गांैथलीहरू,
+
बथानका बथान साँझका गौंथलीहरू,
  
 
सर्पजस्तो गुँडुल्किएर सुतेको गोरेटोमा
 
सर्पजस्तो गुँडुल्किएर सुतेको गोरेटोमा
पंक्ति 34: पंक्ति 34:
 
र  झरे होलान् पत्रहरू भुइँभरि !
 
र  झरे होलान् पत्रहरू भुइँभरि !
  
टुक्राटुक्रा आँधीलाई
+
टुक्राटुक्रा आँधीलाई
 
खोकिलामा लुकाउँदै हेरिहोली कसैले–शुन्य आँखाले,
 
खोकिलामा लुकाउँदै हेरिहोली कसैले–शुन्य आँखाले,
 
विघटित विपनाहरूलाई कुल्चिँदै–कुल्चिँदै
 
विघटित विपनाहरूलाई कुल्चिँदै–कुल्चिँदै
पंक्ति 42: पंक्ति 42:
 
न्यास्रो–न्यास्रो कमेरोले पोतेको एउटा घरले
 
न्यास्रो–न्यास्रो कमेरोले पोतेको एउटा घरले
 
दार्शनिक भएर भन्यो होला
 
दार्शनिक भएर भन्यो होला
किन हराउँछन् आफंै
+
किन हराउँछन् आफैं
 
अरूलाई खोज्न हिँडेका मान्छे ?
 
अरूलाई खोज्न हिँडेका मान्छे ?
 
अरूका लागि बाँच्दाबाँच्दै
 
अरूका लागि बाँच्दाबाँच्दै
पंक्ति 56: पंक्ति 56:
 
पल्टाउँदै पुरानो अलबम
 
पल्टाउँदै पुरानो अलबम
 
सुनसान साँझको फिका घाममा  !
 
सुनसान साँझको फिका घाममा  !
   
+
  </poem>
</poem>
+

11:34, 22 नवम्बर 2016 का अवतरण

त्यहाँ, युद्ध लडेको मैदानजस्तो भएर
टोलाइरहे होलान् क्षितिजमा
बादलका रंगीन टुक्राहरू
किरिङ–मिरिङ पश्चिमतिर,

दुःखको गीतजस्तो एउटा बुढो मान्छेले
हे¥यो होला पिँढीमा बसेर
गुँड फर्किरहेका
बथानका बथान साँझका गौंथलीहरू,

सर्पजस्तो गुँडुल्किएर सुतेको गोरेटोमा
झुक्यायो होला मान्छेजस्तो भएर निस्तेज आँखाहरूलाई
रूखको ठुटोले
र पुछ्दै दौराको फेरले
भन्यो होला कसैले
“पाउर सकियो यो पुरानो चश्माको अब”

भर्खरै
पारपाचुकेको कागजमा
बलजफ्ती ल्याप्चे लाएर फर्केकी
युवतीझैं भएर
सुक्सुकायो होला नदीको आवाज बगरहरूमा,

सिर्र–सिर्र – बतासका पाइतालाले
टेके होलान् कठोर भएर गुलाफको छाती
र झरे होलान् पत्रहरू भुइँभरि !

टुक्राटुक्रा आँधीलाई
खोकिलामा लुकाउँदै हेरिहोली कसैले–शुन्य आँखाले,
विघटित विपनाहरूलाई कुल्चिँदै–कुल्चिँदै
टाढा पुगेको
अधबैंसे हुलाकीको धमिलो आकृतिलाई,

न्यास्रो–न्यास्रो कमेरोले पोतेको एउटा घरले
दार्शनिक भएर भन्यो होला
किन हराउँछन् आफैं
अरूलाई खोज्न हिँडेका मान्छे ?
अरूका लागि बाँच्दाबाँच्दै
आफ्नो लागि जिउन किन बिर्सिन्छन् मान्छे !

यो सिमानाको नेल
बन्दुकको सिरानी र अव्यक्त कथा – मभित्र छ
र छ बिछोडिनुको मर्म
अनि एकान्तमा बगाएको आँसुको मूल्य,

कसलाई सुनाऊँ
उफ् ! त्यहाँ कसैले खोज्यो होला मलाई
पल्टाउँदै पुरानो अलबम
सुनसान साँझको फिका घाममा  !