"कोलाज / रमेश क्षितिज" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=अर...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 22: | पंक्ति 22: | ||
घन्टाघर साक्षी छ ! | घन्टाघर साक्षी छ ! | ||
हामी उनै वीर पुर्खाका | हामी उनै वीर पुर्खाका | ||
− | बहादुर सन्तानहरू | + | बहादुर सन्तानहरू हौं । |
पंक्ति 36: | पंक्ति 36: | ||
हरियो चरनमा | हरियो चरनमा | ||
यी हेर स्मृतिका छरपष्ट तर नओइलिने | यी हेर स्मृतिका छरपष्ट तर नओइलिने | ||
− | + | झन्झन्ब ढ्दै जाने कलिला दुबोहरू । | |
पंक्ति 42: | पंक्ति 42: | ||
बाहिर अँध्यारो छ – यसबेला | बाहिर अँध्यारो छ – यसबेला | ||
− | घरसम्म पुग्छु भन्छौ | + | घरसम्म पुग्छु भन्छौ |
− | आफूभित्र उज्यालो बालेर हिँड्नु, | + | आफूभित्र उज्यालो बालेर हिँड्नु, |
त्यसलाई हुरीले केही गर्दैन | त्यसलाई हुरीले केही गर्दैन | ||
झरीले फरक पर्दैन | झरीले फरक पर्दैन | ||
पंक्ति 65: | पंक्ति 65: | ||
नदी भएर बगूँ | नदी भएर बगूँ | ||
झरी वा बतास भएर बगूँ | झरी वा बतास भएर बगूँ | ||
− | सपनामा पनि जब कुनै सपना देखिरहेको हुन्छु | + | सपनामा पनि जब कुनै सपना देखिरहेको हुन्छु |
तर म बगिरहेकै हुन्छु ! | तर म बगिरहेकै हुन्छु ! | ||
15:18, 22 नवम्बर 2016 का अवतरण
सहिद (रातो–१)
इतिहासका पन्नाका क्रममा
टाँगिएको त्यो जिसस
क्यालेन्डरको मात्र एक दिन उसको
अहो ! मान्छे मरेपछि
कति कमजोर हुँदोरहेछ !
इतिहास (कालो–१)
आफ्नै छोराको मृत्युको खबर सुनेर पनि
मञ्चमा नाच्न बाध्य कुनै नर्तकीजस्तो भएर
घन्टाघर साक्षी छ !
हामी उनै वीर पुर्खाका
बहादुर सन्तानहरू हौं ।
सम्झना (निलो–१)
वर्षौंदेखि
तिमीलाई उही रूपमा पाइरहेछु, गुमाइरहेछु
पखेरोको सिरानी हालेर मस्त निदाएका
गोरेटोछेउ उभिएर
ती गोठालाले फुकेका मुरलीका स्वरमा
कतै तिम्रो आवाज सुनिरहेको हुन्छु
र उग्रयारहन्छ मेरो सम्झना– अतीतको
हरियो चरनमा
यी हेर स्मृतिका छरपष्ट तर नओइलिने
झन्झन्ब ढ्दै जाने कलिला दुबोहरू ।
आग्रह (सेतो–१)
बाहिर अँध्यारो छ – यसबेला
घरसम्म पुग्छु भन्छौ
आफूभित्र उज्यालो बालेर हिँड्नु,
त्यसलाई हुरीले केही गर्दैन
झरीले फरक पर्दैन
बाटो, बाटो त हिँड्नेहरूलाई त हो !
चश्मा (कालो–२)
कालो चश्मा लगाउने मान्छे
देख्छ – धमिला पहाड
अँध्यारो बाटो र कालो अंगारको झरी
खाली कालो घाम देखेको उसले
देख्दैन – छेउबाटै
हिँडिरहेका कर्मशील कमिलाहरूको पंक्ति
र इन्द्रेणीजस्तो रंगीन जिन्दगी ।
प्रवाह–चिन्तन (रातो–२)
बग्न त जसरी पनि बग्छु म
नदी भएर बगूँ
झरी वा बतास भएर बगूँ
सपनामा पनि जब कुनै सपना देखिरहेको हुन्छु
तर म बगिरहेकै हुन्छु !
समय (निलो–२)
कौसीमा सुकाएको
चित्रको पहाड
रातभरिको झरीले बगाएर लगेछ !
बिहानमा – टोलाइरहेछ विचरा चित्रकार
फेरि त्यस्तो चित्र
बन्न पनि सक्छ, नबन्न पनि सक्छ !