"बाटो / रमेश क्षितिज" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) (' {{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=घर...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 1: | पंक्ति 1: | ||
− | |||
− | |||
{{KKGlobal}} | {{KKGlobal}} | ||
{{KKRachna | {{KKRachna | ||
|रचनाकार=रमेश क्षितिज | |रचनाकार=रमेश क्षितिज | ||
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह=घर फर्किरहेको मानिस | + | |संग्रह=घर फर्किरहेको मानिस / रमेश क्षितिज |
}} | }} | ||
+ | {{KKCatKavita}} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
पंक्ति 28: | पंक्ति 27: | ||
हरेक साँझ फुकिरहेँ रहरहरूको बाँसुरी । | हरेक साँझ फुकिरहेँ रहरहरूको बाँसुरी । | ||
− | यसपछि बसाइँ सरेर हामी | + | यसपछि बसाइँ सरेर हामी झर्यौँ नयाँ ठाउँ |
यसबेला पनि म चाहन्थेँ कही जाओस् यो बाटो | यसबेला पनि म चाहन्थेँ कही जाओस् यो बाटो | ||
− | र | + | र पुर्याओस् मलाई मेरा सपनाको थुम्कोसम्म |
कुनै बृद्ध अभिभावकजस्तो काँधमा राखेर देखाओस् मेरो गन्तव्य | कुनै बृद्ध अभिभावकजस्तो काँधमा राखेर देखाओस् मेरो गन्तव्य | ||
कहि गएन ऊ बरु फन्फनी बेरेर अजिङ्गरजस्तो | कहि गएन ऊ बरु फन्फनी बेरेर अजिङ्गरजस्तो |
08:49, 16 मार्च 2017 का अवतरण
कहाँ जान्छ बाबु यो बाटो ?
भर्खरै पहाडबाट झरेको एउटा निर्दोष अनुहार
उभिन्छ म सामु र कायल बनाउँछ मलाई
अन्यौलग्रस्त म हेरिरहन्छु
चौतर्फी पैmलिएका बाटै बाटाहरू,
उसबेला त्यो दुर्गम गाउँमा बसेर
म खोजिरहन्थेँ बाटो र पुग्न चाहन्थेँ — निष्पक्ष न्यायालय
गरीबका नानीहरूले पढ्ने स्कुल
र टाढाको रहस्यमय सहर
तर कहीँ पुगेन त्यो निर्दयी बाटो
बरु पल्टिरह्यो कुनै थकित यात्रीजस्तै भएर
पहाडको फलैँचामा मस्त ,
मैले बिताएँ आफ्नो बाल्यकाल
गाईका बथानहरूको पछि पछि लागेर
हरेक साँझ फुकिरहेँ रहरहरूको बाँसुरी ।
यसपछि बसाइँ सरेर हामी झर्यौँ नयाँ ठाउँ
यसबेला पनि म चाहन्थेँ कही जाओस् यो बाटो
र पुर्याओस् मलाई मेरा सपनाको थुम्कोसम्म
कुनै बृद्ध अभिभावकजस्तो काँधमा राखेर देखाओस् मेरो गन्तव्य
कहि गएन ऊ बरु फन्फनी बेरेर अजिङ्गरजस्तो
बाटोले थुनिरह्यो मलाई
विद्रोह गरेर घरबाट म निस्किएँ एकरात
यिनै बाटाहरूको भीडमा ,
हो त्यसपछि बाटोले ल्याएर छोडेको हो मलाई
यो व्यस्त चौकमा र आपूm फर्केको हो कतै
उभिएको छु म मध्यचौकमा सालिकजस्तै
त्यसबेलादेखि
खोजी छ अझै निरन्तर नयाँ बाटोको,
यही बाटो कोही गइरहेछन् सिंहदरबार
कोही मलेसिया वा कोरियाअनि द्वन्द्वग्रस्त इराक
कही जाँदैन यो बाटो, कहि जाँदैन
बरु तपाईं पो कहाँ जाने हो दाइ ?