{{KKCatNepaliRachna}}
<poem>
धुनहरू अभिमञ्चित गरेर पर्दाहरूभित्र थुप्रै मूर्तिशिल्पका कलाकृतिहरू वरिपरि घुमेर म पर्दा उघ्रने प्रतीक्षामा बसेको छु ती हातहरूको प्रशंसा गर्दैपर्दा उघ्रँदैनत्यो मस्तिष्क,त्यो शरीर अर्थात् त्यो कलाकार खोज्छु पर्दा ढिलोसम्म नउघ्रिएकोमा उद्घोषण हुन्छ एउटा मूर्ति चलमलाउँछ“सङ्गीतज्ञको पेट खोक्रो सारङ्गी भएकाले म छक्क पर्छु— कलाकृति सुन्दर मात्र हैन सजीव रहेछन्,उहाँको लास मात्रै प्रस्तुत गर्न सक्यौँ हेर । मूर्ति त बोल्न पनि लाग्यो मूर्तिहरूमध्ये बीचबाट,त्यस सारङ्गी–शरीरलाई रेट्न सक्ने ‘मलाई पहिले किन्नुस् हजुर ।तपाईंको शिल्प छ भनेम ज्यादै भोको छु।’कृपया स्टेजमा पाल्नुहोला ।”
</poem>