"पर्देशियको राष्ट्रवादी कविलाई सम्वोधन / देवान किराती" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=देवान किराती |अनुवादक= |संग्रह=हु...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 12: | पंक्ति 12: | ||
तिमी परदेसिएपछि | तिमी परदेसिएपछि | ||
− | निरन्तर बगिरहने ह्यातुङको | + | निरन्तर बगिरहने ह्यातुङको झरनाझैँ सम्झनाहरू |
शरदको घामभँैm छाइरहन्छ हृदयमा । | शरदको घामभँैm छाइरहन्छ हृदयमा । | ||
पंक्ति 33: | पंक्ति 33: | ||
समयान्तरमा | समयान्तरमा | ||
तिमीले देश छाड्यौ | तिमीले देश छाड्यौ | ||
− | कुमालकोटी कीराले घर | + | कुमालकोटी कीराले घर छाडेझैँ |
र अहिले | र अहिले | ||
देशको अर्थ पनि फेरेछौ तिम्ले | देशको अर्थ पनि फेरेछौ तिम्ले |
09:08, 12 मई 2017 के समय का अवतरण
खै के मा रिसायौ कवि !
यस देशसँग तिमी ?
तिमी परदेसिएपछि
निरन्तर बगिरहने ह्यातुङको झरनाझैँ सम्झनाहरू
शरदको घामभँैm छाइरहन्छ हृदयमा ।
सायद इतिहासको एक पाइला हुनुपर्छ
भानुको सालिकछेउ हुँदै देवकोटाको सालिकसम्म पुग्दा
जीवनको अर्थ कताकता केके अथ्र्याउँथ्यौ
र मुर्दा अक्षरहरू ब्यूँताएर जीवन दिन्थ्यौ
र भन्थ्यौ कि
कविता नै जीवनको केन्द्र हो ।
तिमी नै त हौ नि कवि !
मभन्दा बढ्ता राष्ट्रवादी कुरा गथ्र्यौ
म भन्थेँ
माटो नेपालको होस् या अनेपालको
यसको सुगन्ध उस्तै हुन्छ
यसमा बग्ने पसिनाको रङ उस्तै हुन्छ
भन्थ्यौ तिमी
यो मान्छे पटक्कै ठीक छैन– देशका लागि ।
समयान्तरमा
तिमीले देश छाड्यौ
कुमालकोटी कीराले घर छाडेझैँ
र अहिले
देशको अर्थ पनि फेरेछौ तिम्ले
जीवनको अर्थ पनि फेरेछौ तिम्ले ।
तिम्रो अर्थमा
यहाँ म ्रपुरानै रीत
पुरानै माटो
पुरानै आकाश
पुरानै देशमा छु
तर मेरो अर्थमा
यहाँ म आफ्नै सुन्दर देशमा छु
र आफ्नो देशमा हुनु
कुनै पनि भीडहरूमा एक्लो नहुनु हो
र एक्लो नहुनु नै जीवन हुनु हो
कतै तिमी
त्यताको भीडहरूमा एक्लो त छैनौ ?
तिमी आजकल
कहिलेकाहीँ मेरो देश आइपुग्छौ
खबरपत्रविनाको हुलाकीजस्तो
र फर्कन्छौ ठेगाना नमिलेको चिठ्ठीजस्तै
आफ्नो नभएको देशतिर ।
कवि ! कसरी पो हरायो तिम्रो राष्ट्रवाद
साँझमा आफ्नै छाया हराए जसरी ।