"बिहानका चराहरू / ज्योति जङ्गल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) (' {{KKGlobal}} {{KKRachna |रचनाकार=ज्योति जङ्गल |अनुवादक= |संग्रह= }} {{K...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 4: | पंक्ति 4: | ||
|रचनाकार=ज्योति जङ्गल | |रचनाकार=ज्योति जङ्गल | ||
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह= | + | |संग्रह=मुक्त समय / ज्योति जङ्गल |
}} | }} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} |
14:38, 4 जून 2017 के समय का अवतरण
उडानको गति
बिसाएर हागाको घरमा
रात सजाउँछन् ।
नबुझिने शब्दका बोलहरुमा
सङ्गीतको मिठास साँध्छन्
र बिहान बजाउँछन् ।
दिनभरि निष्फिक्री उड्नुको खुशी गाउँछन्
कि पखेटा मकाउँछ एक दिन भनेर
लड्नुको भय गुन्गुनाउँछन्,
बचेरालाई रुखको भिरमा
एक्लै छोडेर उड्नुको माया
या सँधै अर्कैको संसारबाट चारो बटुल्ने बाध्यता,
न फर्कंनै नपार्इ यो जीवन कतै खस्नुको संत्रास
या यो रुखको घर नभेटिनुको आलाप
के गाउँछन् यिनिहरु ?
बिहान सुतेको हुन्छ हल्ला र जिस्काउँछन् कि
प्रहारको प्रक्षेपण नउठेकोमा रमाउँछन्
सबेरै नउर्लिने हुरी
या बिसाउँदै नबिसाउँने मन्दिरका घण्टीहरु
कुन चयनमा
आफूलाई बिर्सिएर गाउँछन् ?
दिनभरि घामसँग घुम्छन्
पसिनासँग सुक्छन्
तापसँग डढ्छन्
फेरि बिहान नवकिरण आउनेबेलामा
उज्यालोको गीत गाउछन् ?
जे गाउँछन् यिनीहरु
जुन भाषा, जुन अर्थ
जुन शैली यिनीहरु बोल्छन्
प्रत्येक मान्छेभित्र प्रतिध्वनि बज्ने गरी बोल्छन्
सानो नानीले आमालाई सोध्ने गरी बोल्छन्
एउटा बेहोसीले आफूलाई खोज्ने गरी बोल्छन्
एउटा कविले कविता लेख्ने गरी बोल्छन्।
जीवनको यो बिहानमा
म चरा हुन चाहान्छु।