"सेता हिमालहरू / निमेष निखिल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= निमेश निखिल |अनुवादक= |संग्रह= }} {{K...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया) | |||
पंक्ति 1: | पंक्ति 1: | ||
{{KKGlobal}} | {{KKGlobal}} | ||
{{KKRachna | {{KKRachna | ||
− | |रचनाकार= | + | |रचनाकार=निमेष निखिल |
− | |अनुवादक= | + | |अनुवादक= |
− | |संग्रह= | + | |संग्रह= मनहरूको परिसर / निमेष निखिल |
− | + | }} | |
{{KKCatKavita}} | {{KKCatKavita}} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
+ | |||
+ | |||
साना नानीहरूको स्निग्ध अनुहारमा उभिन्छन् | साना नानीहरूको स्निग्ध अनुहारमा उभिन्छन् | ||
र अग्लिन्छन् चाउरी परेका अनुहारमाथिको टाकुरामा | र अग्लिन्छन् चाउरी परेका अनुहारमाथिको टाकुरामा |
16:13, 4 जून 2017 के समय का अवतरण
साना नानीहरूको स्निग्ध अनुहारमा उभिन्छन्
र अग्लिन्छन् चाउरी परेका अनुहारमाथिको टाकुरामा
सेता हिमालहरू ।
कसलाई मन पर्दैन सेता हिमाल !
हरेक दिन कर्मनिष्ठ हातहरू उभ्याउँछन्
परिश्रमको एउटा सेतो हिमाल
हरेक रात समुन्नत सपनाहरूमा
आस्था उभिन्छ सेतो हिमाल
राताराता गुराँसका थुँगा फुलाएर पहराका छातीभरि
निस्सीम सौर्न्दर्य बाँड्छन्
सेता हिमालहरू ।
ढुकढुकीमा माटो बोकेर देश उभिन्छ सेतो हिमाल
पाइलापाइलामा उत्साह समेटेर लक्ष्य मुस्कुराउँछ सेतो हिमाल
अत्याचार ओकलोस् कसैमाथि त्यो हिमालको काम हैन
कसैलाई बिझोस्/दुखोस् त्यो हिमालको स्वभाव हैन
जस्तोसुकै परिवेशमा हाँस्छन्
र हाँस्नै मात्र प्रेरित गर्छन् सबैलाई
सेता हिमालहरू ।
मान्छेविचारको घेरा फराकिलो होस्
र मनभरि उभियून् आत्मीयताका सेता हिमालहरू
अपनत्वभावले ओसिलो बनोस् बस्ती
र हरेक आँगनमा ठडियून् समृद्धिका सेता हिमालहरू
सिनित्त पखालेर मनभरिका दुर्भावना
मान्छे हिमाल बाँचोस् दिगन्तसम्म
र मान्छे बाँचिरहून् सेता हिमालहरू ।