भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"आकाश बग्छ निलिमाले धर्ती बग्छ जलले / मञ्जुल" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= मञ्जुल |अनुवादक= |संग्रह=दुई हरफ...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

13:31, 19 मई 2020 के समय का अवतरण

नदी
  
आकाश बग्छ निलिमाले धर्ती बग्छ जलले
सारा सृष्टि गतिशील छ करूणाकै बलले
 
तिम्रो दुःख सधैँ मलाई दुःखै भएको छ
तिम्रो पीडा सधैँ मलाई पीडै भएको छ
देखिनौ र तिमी रुँदा कस्तो गरी रोएँ
तिम्रा अश्रुधारले भिजी कस्तो पीडित भएँ
 
त्यस्तै त हो तिम्रो माया सधैँ मेरो शक्ति
तिम्रो सुख, तिम्रो शान्ति सधैँ मेरो प्राप्ति
ग'को छैन कहीँ टाढा छाडी तिमीलाई
बगिरेछु टेकी सधैँ एउटै जिमीलाई ।