{{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुमन पोखरेल
|अनुवादक=
|संग्रह=जीवनको छेउबाट/ सुमन पोखरेल
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
थाप्लाभरिको अभावको नाम्लाले
उचालेर पिठ्यूँभरिका भोका पेटहरूको बोझ
शासकको मनजस्तै काला कठोर ढुङ्गाका चम्कामा
आफ्नै बैँसजस्तो निस्तो भात उमाल्छ
र मायालु कान्छीको म्वार्इजस्तै म्वाईजस्तै नून थपेर निल्दछ, घुटुक्क।
उसले कहिल्यै सोचेन
हिँडिरहेछ आफू भोको जीवन
सपनाहरूको पछिपछि
धाप मार्दै कर्मको निष्ठुर उपलब्धिलार्इ।उपलब्धिलाई। आज किन हो, उसलार्इ उसलाई तर
सिरान लगाएको ढुङ्गो पनि नियतिजस्तै कठोर लागिरहेछ।
उसको संवेदनविहीन शरीरलार्इ छोर्इ शरीरलाई छोई भाग्दै गरेको बतास पनि
युगौँको निद्राबाट ब्यूँझाइदिने तिव्रताको चिसो लागिरहेछ।
आफूले कहिल्यै भोग्न नपाउने जीवनलाई
कल्पनामा निफन्दै निदाउन खोज्छ,
साँझजस्तै धमिलो र भाग्यजस्तै पातलो बर्कोले छोपेर आफूलार्इ।आफूलाई।मानौँ , त्यो बर्काले उसका सबै अभावहरूलार्इ अभावहरूलाई छोपिदिनेछ।
उसका तमाम खुसी र मुस्कान बोकेको भोलिलार्इ भोलिलाई सम्झन्छ
आफैँसँग मुस्काउँछ र
कोल्टे फेरेर एउटा लामो सुस्केरालार्इ सुस्केरालाई आँगालो हाल्दै
केवल रात कटाउनका लागि सुतिने सुताइ सुत्छ।
पुस्तौँ बितिसक्दा पनि, तर
आएन भोलि कहिल्यै।
</poem>