भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ढाका / सुमन पोखरेल

31 bytes removed, 16:10, 22 मई 2020
{{KKCatNepaliRachna}}
<poem>
ढाकाले आफ्ना आँखालार्इआँखालाई
गरीबी ओच्छ्याएर ठडिएका अग्ला भवनका टल्किने झ्यालमा राखेर
तल फुटपाथतिर माग्दै हिँडेका हातहरूका स्वाभिमान र अधिकारतिर हेर्छ,
थाह पाइनँ मैले,
ढाकाले आफ्नो उपस्थितिलार्इउपस्थितिलाई
आन्दोलित मजदुरको जुलुसमा पिल्सिएर मर्माहत ढलेको
घाइते बृद्धको च्यातिएको कमेजभित्र पाउँछ
तर्क, विरोध र दर्शनको बाढीमा डुबेको
संसदभित्र देख्छ।
 
टायर जलेको धुँवामा केके उडिरहेथ्यो ?
ट्राफिक जाममा रोकिएर समय कहाँकहाँ नपुगिरहेथ्यो ?
ठम्याउन सकिनँ मैले।
 
परिचित-अपरिचित पाइलाहरूको अव्यवस्थित भीड बोक्नमा व्यस्त सडक
जताततै ओच्छिएर
अझै कुनकुन उपद्रोको स्वागतको लागि प्रतीक्षारत थियो ?
छेउमा आउने मान्छेका अनुहारहरूलार्इ अनुहारहरूलाई थरिथरिका नोटजस्तै देख्ने पसलहरू
कसकसको आगमनमा रुष्ट थिए?
आफ्नो फेदमा सुतेको सडकबालकलार्इ सडकबालकलाई उज्यालो देखाएर उभिइरहेको ल्याम्पपोस्ट
रातभरि के सोचिरहेको थियो?
जान्न सकिनँ।
बुझ्न सकिनँ।
सोध्नु थियो मैले कसैलार्इकसैलाई,
त्यो डेढ करोडको भीड बीचबाट
सायद, कसैले भनिदिन पनि सक्थ्यो।
तर सोधिनँ।
 
उभिएर निरन्तर हेरिरहँदा पनि चाल पाउन सकिनँ मैले
ढाका कुन बाटो कता जाँदै थियो?
Mover, Reupload, Uploader
10,369
edits