"भ्यालेन्टाइन डे / देवान किराती" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=देवान किराती |अनुवादक= |संग्रह=हु...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) छो |
||
पंक्ति 9: | पंक्ति 9: | ||
<poem> | <poem> | ||
आखिरमा, | आखिरमा, | ||
− | चाहेर नचाहेर तिम्ले जे | + | चाहेर नचाहेर तिम्ले जे गर्यौ ठिकै गर्यौ |
− | कमसे कम दुःखको सागरै | + | कमसे कम दुःखको सागरै तर्यौ । |
यसबेला म | यसबेला म | ||
पंक्ति 17: | पंक्ति 17: | ||
साँगुरी गौँडाका त्यो पुरानो ठाँटी कसम | साँगुरी गौँडाका त्यो पुरानो ठाँटी कसम | ||
भौँतारिइरहेको छु तिम्रो सम्झनाको दुन्दुभिभित्र | भौँतारिइरहेको छु तिम्रो सम्झनाको दुन्दुभिभित्र | ||
− | हराइरहेको छु, म, | + | हराइरहेको छु, म, आफैँभित्र । |
सम्झन्छु, | सम्झन्छु, |
08:50, 19 जून 2020 के समय का अवतरण
आखिरमा,
चाहेर नचाहेर तिम्ले जे गर्यौ ठिकै गर्यौ
कमसे कम दुःखको सागरै तर्यौ ।
यसबेला म
शिखरमा छु तिम्रो सम्झनाको
“चाल्र्स–टावर”को त्यो रातो घाम कसम
साँगुरी गौँडाका त्यो पुरानो ठाँटी कसम
भौँतारिइरहेको छु तिम्रो सम्झनाको दुन्दुभिभित्र
हराइरहेको छु, म, आफैँभित्र ।
सम्झन्छु,
उ बेलाको तिम्रो ठट्टा
“हाँस्नु कम, रुनु ज्यादा”
त्यो बेला ठट्टैमा बन्देज गरेका हाँसोहरू
तिम्ले नै लिएर गयौ
भएका आँसु पनि तिम्ले नै पिएर गयौ
यसबेला म
न ओठ खोलेर हाँस्न सक्छु
न आँखा चिम्लेर रुन
न जीवितजस्तो जिउन सक्छु
न ढुङ्गाजस्तो मर्न
जे भन
आज खोजिरहेको छु तिम्लाई म, मभित्र
तिमी क्यानभास अर्मूत चित्र ।
खै किन कुन्नि ?
मैले तिमीजस्तो गर्नै सकिनँ
न मुटुबाट तिम्रो प्रेम छुटाउन सकेँ
न त विश्वास नै टुटाउन,
............अब जे भन
शिखरमा छु म, तिम्रो सम्झनाको
खै ! तिम्लाई सम्झना छ–छैन मेरो ?