साहित्यकार र सङ्गीतकार मास्टर [[मित्रसेन ]] थापा मगर[[चित्र:Mastermitrasenthapamagar.jpg|thumb|right|नेपालको हुलाक टिकटमा मास्टर मित्रसेन]][[चित्र:Master_Mitrasen_2001_stamp_of_India.jpg|thumb| right|भारतको हुलाक टिकटमा मास्टर मित्रसेन]]
====पृष्ठभूमि====
“नेपाली भाषा, साहित्य, तथा संस्कृतिको धरोहर मास्टर मित्रसेन थापा मगर हुन् ।” यो एकजना विद्वान् लेखकको उद्गार हो । वास्तवमा आफ्नो युग र समयको नेपाली भाषाका उनी महान् साहित्यकार, स्रष्टा, सर्जक, सांस्कृतिक र साङ्गीतिक अभियन्ता थिए ।
भारतीय साहित्यका निर्माता मास्टर मित्रसेन थापा भारतमा जन्मेका दोस्रो पुस्ताका डायस्पोरा हुन् । तत्कालीन भारतीय गोर्खाली समाजमा क्रमशः घट्दै गएको वा लोप हुन लागेको सामाजिक मूल्य र मान्यता अस्तित्वका साथै सामाजिक विघटनको अवस्थालाई पुनः जुटाउन, एकवद्ध गर्न, उत्थान तथा सुधार गर्न यिनले आफ्नो साहित्यिक कृति र साङ्गीतिक रचनाहरुको प्रभावकारी उपयोग गरेका थिए । यसै क्रममा यिनीका साहित्यिक रचनाहरु बारे प्रख्यात लेखक मगन पथिकले तयार गरेको पुस्तक “मित्रसेन” (सन् १९९१) मा भारतीय साहित्यका निर्माता श्रृङ्खलाअन्तर्गत साहित्य अकाडेमी दिल्लीबाट प्रकाशित भएको छ । यो पनि उनलाई ठूलो सम्मान नै हो ।
=====छोटकरी परिचय=====
=====जन्मस्थान=====
*(ङ) सन् १९४४ सेप्टेम्बरको अन्तिम सातामा अन्तिमपटक पाल्पा प्रवेश गरे । पौराणिक कथामा आधारित “रिडी” को विषयमा नाटक लेखेर मञ्चन गरेका थिए । यसरी नेपाली रङ्गमञ्चीय साहित्यमा मित्रसेनको योगदान अविस्मरणीय रहेको छ ।
=====साहित्य सिर्जना=====
मास्टर मित्रसेन थापाका सदाबहार गीत गायनहरु ज्यादै लोकप्रिय छन् । विभिन्न रेडियो स्टेशनबाट प्रसारित भएको ग्रामाफोन डिस्क रेकर्ड तथा क्यासेटमा रेकर्ड गरिएको कारणले गर्दा ती गीतहरु चर्चित हुन गएका छन् । अतः मास्टर मित्रसेन थापा केबल गायक, गाइने तथा सङ्गीतकार मात्र हुन् भन्ने धारणा जनमानसमा व्याप्त छ । गीत गायनको आधारमा मात्र उनका मूल्याङ्कन गर्ने गरिएको छ । उनका बहुपक्षीय प्रतिभालाई केवल एक पक्षीय दृष्टिकोणबाट अवलोकन र अध्ययन गर्ने गरिन्छ । आजसम्म उनका साहित्यिक योगदान, साहित्यिक कृति त्यो रचनाहरुको विषय चर्चा परिचर्चा प्रायः सुन्न पाइँदैन । यस विषयमा जानकारी अति कम उपलब्ध छ ।
वास्तवमा मित्रसेनले सन् १९३३ देखि १९४६ सम्म नेपाली साहित्य अन्तर्गत गद्य, पद्य तथा रङमञ्चीय साहित्यमा दर्जनौं रचना र कृतिहरु तयार गरेका थिए । उनका साहियित्क रचनाहरुलाई सामान्यताः तीन भागमा वर्गीकरण गर्न सकिन्छ :
=====पाण्डुलिपि=====
सैनिक सेवाबाट स्वेच्छिक अवकासपछि मित्रसेनको आर्थिक आम्दानीको स्थायी स्रोत थिएन । व्यापारमा पनि घाटामा गयो । बाबुबाजेले पनि कुनै खास घर जग्गा जोड्न सकेका थिएनन् । भाग्सु धर्मशाला, दुर्गमक्षेत्र भएकोले मुद्रण प्रकाशनको त्यहाँ सुविधा थिएन । स्थानीय गोर्खा समाजमा कुनै प्रकाशन संस्था पनि थिएन । यी सबै कारणले गर्दा मित्रसेनका अधिकांश साहित्यिक कृति र रचनाहरु पाण्डुलिपि अवस्थामा रहने बाध्यता भएको देखिन्छ ।
आज पनि मित्रसेनका चर्चित गीत र भजनहरुको क्यासेट र युट्यूबमा उत्पादन गर्ने क्रम जारी छ तर उनका साहित्यिक रचना तथा कृतिहरुको सम्पादन र प्रकाशन गर्नेबारे सरोकारवाला संस्थाहरु प्रायः मौन छन् । यसै कारणले गर्दा मित्रसेनको नेपाली साङ्गीतिक परम्परामा निकै चर्चा परिचर्चा हुन्छ तर रङमञ्चीय कला र साहित्यमा गरिएको योगदान बारेमा प्रायः धेरै कम कुरा सुनिन्छ ।
........................................................................................
* नोट - कवि, नाटककार, निबन्धकार, गीतकार, गायक तथा सङ्गीतकार मास्टर मित्रसेन (मित्रसेन थापा मगर) को यो परिचय विक्रम सम्बत् २०७८ पुष ३ गते १६:३८ मा wenepali dot com मा प्रकाशित भएको श्री त्रिलोक सिंह थापा मगरद्वारा लिखित वृहद् आलेख जस्ताको तस्तै साभार यहाँ साभार राखेका छौँ । यसको कविराइटका कारण यहाँ राख्न नमिल्ने हो भने प्रतिलिपी अधिकार प्राप्त व्यक्ति वा निकायबाट kavitakosh@gmail.com सूचित गर्न हुन अनुरोध गर्दछौँ । त्यसरी सूचित भइआएमा यस आलेखलाई यहाँबाट अविलम्ब झिकिने छ ।
कविताकोश टीम