"कर्मचिन्तन / गीता त्रिपाठी" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गीता त्रिपाठी |अनुवादक= |संग्रह=इ...' के साथ नया पृष्ठ बनाया) |
(कोई अंतर नहीं)
|
19:57, 25 अगस्त 2024 के समय का अवतरण
मन छ
मन अडिन घर छ
घर छ
घरको आत्माजस्तो मन पनि उसरी नै छ
छनलाई त दुवै कुरा छन् सँगसँगै
पर्छु घरबाहिरै धेरैजसो
छरिएका हुन्छन् दृष्टिहरू
फैलिएका हुन्छन् दृश्यहरू
क्षितिजसम्म पुगेर फर्केजस्तो घाम
घरैतिर
हेर्छु बारबार,
गइरहेछु... आइरहेछु
आइरहेछु...गइरहेछु
फर्किरहेछु... रोकिइरहेछु ।
अभ्यस्त ...रहेछु ... रहेछु ... रहेछुहरूको !
अस्तित्वको निरायाम निरन्तरतामा
सदैव साथ दिने एउटै कुरा छ,
बाटो...
डोरयाउँछ... पुरयाउँछ... ल्याउँछ
ल्याउँछ...पुरयाउँछ...ल्याउँछ
लयबद्ध छु...याउँछ .. याउँछ .. याउँछहरूको !
सोचिबस्छु हिजोआज,
किन रोकिइरहेको बाटो ?
किन पस्दैन घरभित्र यो?
उत्तर दिइरहेछ
अप्रतीक्षित आवाज
"उज्यालो आएतिर हेर,
ढोका अनादिदेखि खुलै त छ ।"
म घरतिरै फर्किरहेछु... !