भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"गुप्त सन्देश / गीता त्रिपाठी" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=गीता त्रिपाठी |अनुवादक= |संग्रह=इ...' के साथ नया पृष्ठ बनाया)
 
(कोई अंतर नहीं)

20:09, 25 अगस्त 2024 के समय का अवतरण

 
उड्दै गइरहेका सम्बन्धका रङहरू
बन्द गरेर ठेगानाविहिन खामहरूमा
कसले पठायो होला यी मुस्किलका सम्झनाहरू ।

बग्न नपाएको बतास
ब्यूँझन नसकेको बिहान र,
बाँड्न नसकेका पीडाका उदासीहरू
खुम्च्याएर शताब्दीलाई यही बाकसको सानो आयतनमा
कसले भर्यो होला अनिच्छापूर्वक
अन्योलग्रस्त समयका अदृश्य सन्देशहरू

अनेक अनेक खबरहरूबीच
बेखबर यस खामभित्र,
हुनसक्छ यस निर्जन समयको अचूक औषधी
वा अझै घातक किटाणुहरू भाइरसका

खोलौँ वा बन्द नै रहनदिऊँ यो बाकसलाई
हेरौँ वा नहेरी रहनदिऊँ त्यो गुप्त सन्देश
बाकसबाट निस्केर खामसम्म पुग्नुको नियतिमा
वा छोपिदिऊँ जीवन र मृत्युका
अनेक अनेक रहस्यहरू !