भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"लोलाइरहू यस्तै / सुमन पोखरेल" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=सौन...' के साथ नया पृष्ठ बनाया) |
(कोई अंतर नहीं)
|
21:31, 28 अगस्त 2024 के समय का अवतरण
पीरतिका मधुर धून बजाइरहू यस्तै
यो मनमा बसी प्रेमगीत गाइरहू यस्तै
चाहिँदैन बादलको छाया, रात चाहिँदैन
घना काला केश तिम्रा ओढाइरहू यस्तै
जीवनको अँध्यारोमा कठीन छ हिँड्न
पिरतीको दीप तिमी जलाइरहू यस्तै
मातिइरहनेछु सधैँ म तिम्रो हेराइ पिई
तिमी मेरा आँखाभित्र, लोलाइरहू यस्तै
डुबिरहूँ लाग्छ सधैँ, तिमीभित्र यसै गरी
एउटा-एउटा निहूँ पारी बोलाइरहू यस्तै
मेरो छाती तिमीलाई नै दिएको हुँ मैले
तिम्रा मनका भारहरू बिसाइरहू यस्तै
गर्ने छैन कसैले बाधा हाम्रो भेटलाई
हररात मेरा सपनामा आइरहू यस्तै
भित्र जति दुख्यो उति बढ्दो रैछ माया
सुमन ! उनलाई भनिदे ‘रिसाइरहू यस्तै’