"काखले बोलाउँछ / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
ए मेरा सन्तान ! | ए मेरा सन्तान ! | ||
मेरो सिर्जना ! | मेरो सिर्जना ! | ||
+ | |||
कति सजिलैसित भनिदियौ तिमीले | कति सजिलैसित भनिदियौ तिमीले | ||
तिम्रो जीवनमा | तिम्रो जीवनमा | ||
पंक्ति 17: | पंक्ति 17: | ||
मेरो अधिकार तिमीमा | मेरो अधिकार तिमीमा | ||
जन्मसिद्ध हुँदैन । | जन्मसिद्ध हुँदैन । | ||
+ | |||
म मौन भएँ | म मौन भएँ | ||
व्यथाले स्तब्ध थिएँ | व्यथाले स्तब्ध थिएँ | ||
पंक्ति 23: | पंक्ति 24: | ||
आँखाअगाडि एकैछिनमा | आँखाअगाडि एकैछिनमा | ||
सम्पूर्ण जीवन नाच्न थाल्यो । | सम्पूर्ण जीवन नाच्न थाल्यो । | ||
+ | |||
यो गर्भमा, | यो गर्भमा, | ||
तिमी टुसाएको, फक्रेको, अनुभूति | तिमी टुसाएको, फक्रेको, अनुभूति | ||
पंक्ति 30: | पंक्ति 32: | ||
ससानो सन्तोषले छलेर | ससानो सन्तोषले छलेर | ||
सँगै बाँचेका ती क्षण । | सँगै बाँचेका ती क्षण । | ||
+ | |||
कति निर्ममतासित | कति निर्ममतासित | ||
पुछन खोज्यौ तिमीले | पुछन खोज्यौ तिमीले | ||
पंक्ति 49: | पंक्ति 52: | ||
तिम्रो हात समातेर | तिम्रो हात समातेर | ||
फगत बाँच्ने ताकत खोज्दै छु, आज म । | फगत बाँच्ने ताकत खोज्दै छु, आज म । | ||
+ | |||
तिमी बालक थियौ मेरो कुनै बेला | तिमी बालक थियौ मेरो कुनै बेला | ||
म पनि शिशुझैँ भएकी छु | म पनि शिशुझैँ भएकी छु | ||
पंक्ति 55: | पंक्ति 59: | ||
तिमी छंदाछदै पनि | तिमी छंदाछदै पनि | ||
आफ्नै भावनामा । | आफ्नै भावनामा । | ||
+ | |||
जीवन बाटुलो बाटो रहेछ | जीवन बाटुलो बाटो रहेछ | ||
जहाँबाट हिँडे पनि | जहाँबाट हिँडे पनि |
21:25, 7 सितम्बर 2024 के समय का अवतरण
ए मेरा सन्तान !
मेरो सिर्जना !
कति सजिलैसित भनिदियौ तिमीले
तिम्रो जीवनमा
मेरो कुनै हक छैन, दखल छैन
तिमीलाई जन्म दिदैमा
मेरो अधिकार तिमीमा
जन्मसिद्ध हुँदैन ।
म मौन भएँ
व्यथाले स्तब्ध थिएँ
अनुभूतिको चरम सीमा
मूक हुँदो रहेछ ।
आँखाअगाडि एकैछिनमा
सम्पूर्ण जीवन नाच्न थाल्यो ।
यो गर्भमा,
तिमी टुसाएको, फक्रेको, अनुभूति
तिमीलाई जन्माउँदा, हुर्काउँदा
पाएको आनन्दमय पीडा
अनि ठूलठूलो दु:खलाई
ससानो सन्तोषले छलेर
सँगै बाँचेका ती क्षण ।
कति निर्ममतासित
पुछन खोज्यौ तिमीले
मेरो सम्झनामा छरिएका
तिम्रा पैतालाका छापहरु ।
के साँच्चै
तिमी-हामीबीच केही छैन त ?
सम्पर्ण जीवन तिमीलाई दिएर
उभिएकी छु आज म रित्तिएर
कुनै सुद व्याज मागेको हैन
सम्बन्ध व्यापार हुँदैन
खालि मनको गाँठो यो
फुकाले पनि, बाँधे पनि
आफ्नै इच्छा त हो ।
उमेरले थिचेर कुप्रिएकी छु आज म
कति निर्धो भइसकेकी छु म आज
तिम्रो हात समातेर
फगत बाँच्ने ताकत खोज्दै छु, आज म ।
तिमी बालक थियौ मेरो कुनै बेला
म पनि शिशुझैँ भएकी छु
तर तिमी अनाथ थिएनौ मकहाँ
म किन यसरी टुहरिएँ ?
तिमी छंदाछदै पनि
आफ्नै भावनामा ।
जीवन बाटुलो बाटो रहेछ
जहाँबाट हिँडे पनि
अन्तत: त्यहीँ पुगिदो रहेछ ।
ए मेरा सन्तान ।
मेरो सिर्जना ।
मेरो काखले बोलाउँछ तिमीलाई
तिमी हुर्केका थियौ जीवन पाई जहाँ
एउटा काख चाहिएको छ मलाई
मन, केवल मर्न सम्मानका साथ त्यहा ।