"तुहिएको अस्तित्व / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
ए आमा । | ए आमा । | ||
तिमीलाई म के भनूँ ? | तिमीलाई म के भनूँ ? | ||
+ | |||
तिमी स्वयं कसैकी बाँचेकी छोरी | तिमी स्वयं कसैकी बाँचेकी छोरी | ||
बस, बुझिदेऊ यो मौन व्यथा | बस, बुझिदेऊ यो मौन व्यथा | ||
पंक्ति 19: | पंक्ति 19: | ||
विश्वास खोज्नुपरेको छ मलाई | विश्वास खोज्नुपरेको छ मलाई | ||
आज पुन: चिन्नुपरेको छ तिमीलाई । | आज पुन: चिन्नुपरेको छ तिमीलाई । | ||
+ | |||
विद्रोह गरी | विद्रोह गरी | ||
तिम्रो अपमान गर्न सक्दिनँ | तिम्रो अपमान गर्न सक्दिनँ | ||
पंक्ति 25: | पंक्ति 26: | ||
किनकि हामीले | किनकि हामीले | ||
एउटा साझा अस्तित्व बोकेका छौँ यहाँ । | एउटा साझा अस्तित्व बोकेका छौँ यहाँ । | ||
+ | |||
ए आमा । म तिम्री छोरी | ए आमा । म तिम्री छोरी | ||
नढाँटी भन के तिमीले मलाई स्वीकारेकी थियौ त | नढाँटी भन के तिमीले मलाई स्वीकारेकी थियौ त | ||
हर्षका साथ | हर्षका साथ | ||
आफ्नो प्रथम गर्भमा ? | आफ्नो प्रथम गर्भमा ? | ||
+ | |||
मलाई लाग्छ तिमी चाहेर गर्भवती भएकी थिइनौ | मलाई लाग्छ तिमी चाहेर गर्भवती भएकी थिइनौ | ||
यहाँ यसरी सम्तान जन्माउने | यहाँ यसरी सम्तान जन्माउने | ||
पंक्ति 37: | पंक्ति 40: | ||
विक्षिप्त भइसकेका हुन्छन् | विक्षिप्त भइसकेका हुन्छन् | ||
धेरैको कुमारी सपना तबसम्म । | धेरैको कुमारी सपना तबसम्म । | ||
+ | |||
तापनि तिम्रो गर्भमा आएपछि | तापनि तिम्रो गर्भमा आएपछि | ||
त्यो सृष्टिको अँध्यारो कोखमा | त्यो सृष्टिको अँध्यारो कोखमा | ||
पंक्ति 46: | पंक्ति 50: | ||
तिमी किन रोएकी थियौ त्यसरी | तिमी किन रोएकी थियौ त्यसरी | ||
मेरो जन्ममा ? | मेरो जन्ममा ? | ||
+ | |||
ममा आफ्नो कथा दोहोरिने पीडाले | ममा आफ्नो कथा दोहोरिने पीडाले | ||
वा, पुत्रमा पाइने संरक्षण ममा गुमाएको भयले | वा, पुत्रमा पाइने संरक्षण ममा गुमाएको भयले | ||
पंक्ति 53: | पंक्ति 58: | ||
तिमीमा आफ्नो सम्मान खोज्ने | तिमीमा आफ्नो सम्मान खोज्ने | ||
भूल गरेकी थिएँ मैले । | भूल गरेकी थिएँ मैले । | ||
+ | |||
अनि, तिमी फेरि गर्भवती भइछौ | अनि, तिमी फेरि गर्भवती भइछौ | ||
तर अल्ट्रासाउन्डको कोठामा | तर अल्ट्रासाउन्डको कोठामा |
21:27, 7 सितम्बर 2024 के समय का अवतरण
ए आमा ।
तिमीलाई म के भनूँ ?
तिमी स्वयं कसैकी बाँचेकी छोरी
बस, बुझिदेऊ यो मौन व्यथा
न गुनासो मान
न स्वीकार सम्झ यसलाई
यो त आहत अहं हो मेरो
यहाँ बाँच्नलाई तिम्रो चाहनाको
विश्वास खोज्नुपरेको छ मलाई
आज पुन: चिन्नुपरेको छ तिमीलाई ।
विद्रोह गरी
तिम्रो अपमान गर्न सक्दिनँ
तिमीलाई लाञ्छना लगाउँदा
म नै नाङ्गो भएकी हुन्छु कतै
किनकि हामीले
एउटा साझा अस्तित्व बोकेका छौँ यहाँ ।
ए आमा । म तिम्री छोरी
नढाँटी भन के तिमीले मलाई स्वीकारेकी थियौ त
हर्षका साथ
आफ्नो प्रथम गर्भमा ?
मलाई लाग्छ तिमी चाहेर गर्भवती भएकी थिइनौ
यहाँ यसरी सम्तान जन्माउने
प्रथा नै छैन
यो त केवल परिणाम हुन जान्छ
हाम्रो वासनाको
र पतिका बलात्कार सहँदासहँदै
विक्षिप्त भइसकेका हुन्छन्
धेरैको कुमारी सपना तबसम्म ।
तापनि तिम्रो गर्भमा आएपछि
त्यो सृष्टिको अँध्यारो कोखमा
तिम्रो मुटुको प्रत्येक धुकधुकीले
आफैसित चिन्तामा सोधेको सुनें मैले
'छोरा कि छोरी ?
छोरा कि छोरी ?’
आमा, नढाँटी भन आज
तिमी किन रोएकी थियौ त्यसरी
मेरो जन्ममा ?
ममा आफ्नो कथा दोहोरिने पीडाले
वा, पुत्रमा पाइने संरक्षण ममा गुमाएको भयले
किन झरे ती आँसु तिम्रा
मेरा थाङ्नामा ?
म आत्मग्लानिमा हुर्के त्यसपछि
तिमीमा आफ्नो सम्मान खोज्ने
भूल गरेकी थिएँ मैले ।
अनि, तिमी फेरि गर्भवती भइछौ
तर अल्ट्रासाउन्डको कोठामा
लिङ्गपरीक्षणपछि
गर्भपातको टेबिलसम्म पुग्दा
आमा । तिमी हैन
तिम्रो गर्भ रोएको सुनें मैले
एउटी छोरीले
छोरीकै अस्तित्व तुहाएको देख्दा ।