""... अनुहारहरू" / सानु शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सानु शर्मा |अनुवादक= |संग्रह= }} {{KKCatKa...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 10: | पंक्ति 10: | ||
छोपिएका छन् | छोपिएका छन् | ||
मेरो वरिपरिका अनुहारहरू | मेरो वरिपरिका अनुहारहरू | ||
− | उद्धरण चिन्हभित्र लुकेका वाक्यांशझैँ । | + | उद्धरण चिन्हभित्र लुकेका वाक्यांशझैँ, |
+ | केही अंशलाई बाहिर कतै राखेर | ||
+ | केही अंशलाई देखिने गरी लुकाएर । | ||
कुनै अनुहारले निर्लज्जतालाई | कुनै अनुहारले निर्लज्जतालाई | ||
पंक्ति 17: | पंक्ति 19: | ||
र, कुनैले अहङ्कारलाई लुकाएका छन् । | र, कुनैले अहङ्कारलाई लुकाएका छन् । | ||
− | कुनैले पीडालाई लुकाएका छन् | + | कुनैले मुस्कानको हँसिलो आवरणभित्र |
− | + | अनगिन्ती पीडालाई लुकाएका छन् | |
− | त, कुनैले | + | त, कुनैले उमङ्गको चित्रपछाडि |
− | आफ्नो सम्पूर्णतालाई नै लुकाएका छन् । | + | अपरिमित रिक्ततालाई छोपेका छन्, |
+ | कुनैले अपूर्णतालाई | ||
+ | र कुनैले लगभग आफ्नो सम्पूर्णतालाई नै लुकाएका छन् । | ||
कुनै न कुनै मुकुन्डोभित्र लुकेकै छन् | कुनै न कुनै मुकुन्डोभित्र लुकेकै छन् | ||
हरेक अनुहारहरू | हरेक अनुहारहरू | ||
− | तर बुझिन्छन् तिनीहरू बहिरबाटै | + | तर बुझिन्छन् तिनीहरू बहिरबाटै, |
जसरी बुझिन्छन् | जसरी बुझिन्छन् | ||
उद्धरण चिन्हभित्र लुकेका वाक्यांशहरू । | उद्धरण चिन्हभित्र लुकेका वाक्यांशहरू । | ||
− | + | एउटा प्रश्नले सोधिरहन्छ मलाई - | |
− | + | ||
यी अनुहारहरू कुनै दिन | यी अनुहारहरू कुनै दिन | ||
आफैँ नै मुकुन्डोबाहिर निस्केलान्, या | आफैँ नै मुकुन्डोबाहिर निस्केलान्, या | ||
यसरी नै सधैँ कुनै आवरणभित्रै लुकिरहन खोज्लान् ? | यसरी नै सधैँ कुनै आवरणभित्रै लुकिरहन खोज्लान् ? | ||
+ | |||
०००० | ०००० | ||
<small>(कलाश्री २०८१ मा प्रकाशित)</small> | <small>(कलाश्री २०८१ मा प्रकाशित)</small> | ||
</poem> | </poem> |
07:28, 11 जनवरी 2025 के समय का अवतरण
छोपिएका छन्
मेरो वरिपरिका अनुहारहरू
उद्धरण चिन्हभित्र लुकेका वाक्यांशझैँ,
केही अंशलाई बाहिर कतै राखेर
केही अंशलाई देखिने गरी लुकाएर ।
कुनै अनुहारले निर्लज्जतालाई
त, कुनैले आफ्नो हिंसकतालाई छोपेका छन्
कुनैले इर्ष्यालाई
र, कुनैले अहङ्कारलाई लुकाएका छन् ।
कुनैले मुस्कानको हँसिलो आवरणभित्र
अनगिन्ती पीडालाई लुकाएका छन्
त, कुनैले उमङ्गको चित्रपछाडि
अपरिमित रिक्ततालाई छोपेका छन्,
कुनैले अपूर्णतालाई
र कुनैले लगभग आफ्नो सम्पूर्णतालाई नै लुकाएका छन् ।
कुनै न कुनै मुकुन्डोभित्र लुकेकै छन्
हरेक अनुहारहरू
तर बुझिन्छन् तिनीहरू बहिरबाटै,
जसरी बुझिन्छन्
उद्धरण चिन्हभित्र लुकेका वाक्यांशहरू ।
एउटा प्रश्नले सोधिरहन्छ मलाई -
यी अनुहारहरू कुनै दिन
आफैँ नै मुकुन्डोबाहिर निस्केलान्, या
यसरी नै सधैँ कुनै आवरणभित्रै लुकिरहन खोज्लान् ?
००००
(कलाश्री २०८१ मा प्रकाशित)