"ताजमहल र मेरो प्रेम / सुमन पोखरेल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) (' {{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह=जीव...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया) | |||
पंक्ति 1: | पंक्ति 1: | ||
− | |||
{{KKGlobal}} | {{KKGlobal}} | ||
{{KKRachna | {{KKRachna | ||
|रचनाकार=सुमन पोखरेल | |रचनाकार=सुमन पोखरेल | ||
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह=जीवनको छेउबाट | + | |संग्रह=जीवनको छेउबाट / सुमन पोखरेल |
}} | }} | ||
+ | {{KKCatKavita}} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
सारा यौवन | सारा यौवन | ||
छातीमा एउटा प्रेमाकुल मुटु बोकेरै | छातीमा एउटा प्रेमाकुल मुटु बोकेरै | ||
पंक्ति 14: | पंक्ति 13: | ||
फक्राएर मनलाई | फक्राएर मनलाई | ||
− | प्रेमको ओत बनाऊँ लागेकै | + | प्रेमको ओत बनाऊँ लागेकै हो । |
अनुरागका गहिराइहरूमा डुबेर मुटु लफ्रक्क हुँदा | अनुरागका गहिराइहरूमा डुबेर मुटु लफ्रक्क हुँदा | ||
निचोरेर प्रेयमै पोखूँ भइरहेकै हो, | निचोरेर प्रेयमै पोखूँ भइरहेकै हो, | ||
पंक्ति 21: | पंक्ति 20: | ||
उभिएर आज | उभिएर आज | ||
− | यो | + | यो ताजमहलअगाडि; |
सूर्यकिरणको स्पर्शले लजाइरहेका सङ्गमरमरका मुस्कानहरू, | सूर्यकिरणको स्पर्शले लजाइरहेका सङ्गमरमरका मुस्कानहरू, | ||
प्रेमको उचाइलाई छोएर मदहोस बतास्सिएका हावाका गुच्छाहरू, | प्रेमको उचाइलाई छोएर मदहोस बतास्सिएका हावाका गुच्छाहरू, | ||
परिक्रमरत द्रष्टाहरूका छातीभित्र गुन्जिरहेका प्रेमास्पद सङ्गीतहरू | परिक्रमरत द्रष्टाहरूका छातीभित्र गुन्जिरहेका प्रेमास्पद सङ्गीतहरू | ||
र | र | ||
− | आफ्नै मनभित्र छचल्किरहेका | + | आफ्नै मनभित्र छचल्किरहेका |
रङ्गिन अनुभूतिका सुवासित मादकतामा लठ्ठिएर | रङ्गिन अनुभूतिका सुवासित मादकतामा लठ्ठिएर | ||
− | म आफूलाई बिर्सिरहेको | + | म आफूलाई बिर्सिरहेको छु । |
+ | |||
यस बेला म | यस बेला म | ||
शाहजहाँलाई सम्झिरहेको छु वा मुमताजलाई | शाहजहाँलाई सम्झिरहेको छु वा मुमताजलाई | ||
पंक्ति 35: | पंक्ति 35: | ||
अचेत छु, आफ्नै छातीको फैलाहटले पुरिएर । | अचेत छु, आफ्नै छातीको फैलाहटले पुरिएर । | ||
− | शाहजहाँ, | + | शाहजहाँ, |
− | जसले बादशाहलाई प्रेमीभन्दा होचो | + | जसले बादशाहलाई प्रेमीभन्दा होचो बनाइदियो । |
जसले चिहानलाई मन्दिर, | जसले चिहानलाई मन्दिर, | ||
प्रेमिकालाई ईश्वर, | प्रेमिकालाई ईश्वर, | ||
पंक्ति 43: | पंक्ति 43: | ||
कम से कम दुई फरक त पक्कै छ हामीबीच | कम से कम दुई फरक त पक्कै छ हामीबीच | ||
ऊ शहंशाह थियो, | ऊ शहंशाह थियो, | ||
− | म ऊ जत्तिकै वैभवशाली | + | म ऊ जत्तिकै वैभवशाली हुन्थिएँ भने |
ताजमहल बनाउन | ताजमहल बनाउन | ||
प्रेमिकाको मृत्यु पर्खने थिइनँ । | प्रेमिकाको मृत्यु पर्खने थिइनँ । | ||
− | |||
</poem> | </poem> |
08:06, 11 मई 2020 के समय का अवतरण
सारा यौवन
छातीमा एउटा प्रेमाकुल मुटु बोकेरै
हिँडिरहेको हुँ ।
फक्राएर मनलाई
प्रेमको ओत बनाऊँ लागेकै हो ।
अनुरागका गहिराइहरूमा डुबेर मुटु लफ्रक्क हुँदा
निचोरेर प्रेयमै पोखूँ भइरहेकै हो,
कहिल्यै नमेटिने एक चित्र
हृदयकै रङ्गले कोरूँ भइरहेकै हो ।
उभिएर आज
यो ताजमहलअगाडि;
सूर्यकिरणको स्पर्शले लजाइरहेका सङ्गमरमरका मुस्कानहरू,
प्रेमको उचाइलाई छोएर मदहोस बतास्सिएका हावाका गुच्छाहरू,
परिक्रमरत द्रष्टाहरूका छातीभित्र गुन्जिरहेका प्रेमास्पद सङ्गीतहरू
र
आफ्नै मनभित्र छचल्किरहेका
रङ्गिन अनुभूतिका सुवासित मादकतामा लठ्ठिएर
म आफूलाई बिर्सिरहेको छु ।
यस बेला म
शाहजहाँलाई सम्झिरहेको छु वा मुमताजलाई
वा सम्झिरहेछु आफैँलाई ?
भ्रमित छु
अचेत छु, आफ्नै छातीको फैलाहटले पुरिएर ।
शाहजहाँ,
जसले बादशाहलाई प्रेमीभन्दा होचो बनाइदियो ।
जसले चिहानलाई मन्दिर,
प्रेमिकालाई ईश्वर,
प्रेमलाई धर्म बनाइदियो ।
कम से कम दुई फरक त पक्कै छ हामीबीच
ऊ शहंशाह थियो,
म ऊ जत्तिकै वैभवशाली हुन्थिएँ भने
ताजमहल बनाउन
प्रेमिकाको मृत्यु पर्खने थिइनँ ।