"साचिको सान / गीता त्रिपाठी" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया) | |||
पंक्ति 15: | पंक्ति 15: | ||
के विधि फुलेकी तिमी | के विधि फुलेकी तिमी | ||
कस्तोसँग फैलिएका तिम्रा हाँगाहरू | कस्तोसँग फैलिएका तिम्रा हाँगाहरू | ||
− | + | साचिको सान ! | |
मलाई जान्न मन लागेथ्यो, | मलाई जान्न मन लागेथ्यो, | ||
तिम्रो नामको अर्थ ! | तिम्रो नामको अर्थ ! | ||
पंक्ति 35: | पंक्ति 35: | ||
वात्सल्यका अभेद्य कुरा गर्यौ | वात्सल्यका अभेद्य कुरा गर्यौ | ||
कहाँ हुँदो हो ममताको सीमा ! | कहाँ हुँदो हो ममताको सीमा ! | ||
− | + | अन्त्यहीन ममताले भिजाएर मन | |
सृष्टिलाई सम्मान गर्यौ | सृष्टिलाई सम्मान गर्यौ | ||
माया गर्यौ, | माया गर्यौ, | ||
पंक्ति 48: | पंक्ति 48: | ||
एकैचोटि । | एकैचोटि । | ||
− | + | साचिको सान ! | |
भन त | भन त | ||
त्यो दिन तिमी | त्यो दिन तिमी |
17:49, 18 अप्रैल 2020 के समय का अवतरण
साकुरा र शिरिषको जम्काभेटजस्तै
तिम्रो र मेरो भेट
एकदिन
अनायासै भयो ।
के विधि फुलेकी तिमी
कस्तोसँग फैलिएका तिम्रा हाँगाहरू
साचिको सान !
मलाई जान्न मन लागेथ्यो,
तिम्रो नामको अर्थ !
तिमी शब्दहरूभन्दा
ज्यादा सुन्दर देखिन्थ्यौ
अर्थहरूभन्दा
ज्यादा गम्भीर देखिन्थ्यौ
त्यो दिन
मेरो बुझाइमा तिमी
गुराँसैगुराँस थियौ
साकुरैसाकुरा थियौ
भन त
शब्दले कसरी भर्नसक्छ,
ती मुटुका रङहरूलाई ?
चुलबुले छोरीजस्ती तिमीले
त्यो दिन
वात्सल्यका अभेद्य कुरा गर्यौ
कहाँ हुँदो हो ममताको सीमा !
अन्त्यहीन ममताले भिजाएर मन
सृष्टिलाई सम्मान गर्यौ
माया गर्यौ,
सिम्रिक, बुद्ध अर्थात् जीवनलाई ।
मेरो तीजमा बेरिएकी तिमी
मीठो कविता भएर
आफ्नो तिहार पर्खिरह्यौ
कसरी ल्याउनसकेको होला,
त्यो तालजस्ता आँखामा
खुसी र उदासी
एकैचोटि ।
साचिको सान !
भन त
त्यो दिन तिमी
गुराँस थियौ कि साकुरा ?
या तिम्रो अनुभूतिमा
थियो त्यो दिन- ओस्याउगाचु ?