Changes

{{KKCatNepaliRachna}}
<poem>
 
काठमान्डौ ओर्लेपछि
एकाएक छाती रित्तो लाग्छ।
काठमान्डौ छोएपछि जहिलै पनि
रित्तो भएको मनभित्रको कुनै रित्तो कोठामा लगिरहन्छ,
यी उज्यालो छोप्न बलेका बत्तीहरूले जलाइरहेछन्‍ जलाइरहेछन् खोरम्पाहरूका बस्तीहरू।
यी लङ्गडा दौडाइहरूले कुल्चिरहेछन् तमाम अकाठमान्डौका कोमल-निर्मल सपनाहरू,
यी खोक्रा उचाइहरूले प्रत्येक पल निहुर्‍याइरहेछन् स्वाभिमानी शिरहरूलाई।
छाम्छु, उफ् !
सनातनदेखिको रित्तो लाग्छ
मानौँ , मेरो छातीमा कहिल्यै कुनै छाती नै थिएन।
जीवनको गहनता त एक्लै बाँचिरहँदा मात्र गह्रौँ हुने रहेछ।
Mover, Reupload, Uploader
10,426
edits