भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"ममता / बद्रीप्रसाद बढू" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= बद्रीप्रसाद बढू |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 12: | पंक्ति 12: | ||
देख्दैमा मन शान्त हुन्छ ममता जन्मन्छ रे ! एउटा | देख्दैमा मन शान्त हुन्छ ममता जन्मन्छ रे ! एउटा | ||
बारीका नवकोपिला कुसुमका मेरा सबै सुन्दर | बारीका नवकोपिला कुसुमका मेरा सबै सुन्दर | ||
− | सम्झेमा पनि शान्त हुन्छ दिलको मेरो सफा मन्दिर//१// | + | सम्झेमा पनि शान्त हुन्छ दिलको मेरो सफा मन्दिर |
+ | //१// | ||
राम्रो लाग्छ मलाई त्यो हिमचुली वैशाखको यामको | राम्रो लाग्छ मलाई त्यो हिमचुली वैशाखको यामको |
10:45, 18 मई 2020 के समय का अवतरण
यी डाँडा हरिया पहाड पहरा सेता चुली टाकुरा
देख्दैमा मन शान्त हुन्छ ममता जन्मन्छ रे ! एउटा
बारीका नवकोपिला कुसुमका मेरा सबै सुन्दर
सम्झेमा पनि शान्त हुन्छ दिलको मेरो सफा मन्दिर
//१//
राम्रो लाग्छ मलाई त्यो हिमचुली वैशाखको यामको
दूबो त्यो हरियो सफा चउरको मर्स्याङ्ग्दीको फाँटको
कालो बादल हो अगाडि घरको छिम्केश्वरी लेकको
गुर्धौली अथवा चमेली फूल होस् मर्स्याङ्ग्दीकै तीरको
//२//
मेरो देह बिसाउने स्थल बनोस् मर्स्याङ्ग्दीको तीरमा
मेरा कान सुनून् सुसाइ त्यसकै वर्षौं सती घाटमा
आत्मा हुन्छ अजम्मरी यदि भने फर्केर आई बसोस्
त्यस्तै शीतल पानीमा घरि-घरि चुर्लुम्म डुब्ने गरोस्
//३//