"प्रतिकूल मौसम / सुदीप पाख्रिन" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) छो (Sirjanbindu ने प्रतिकूल मौसम / सुदीप पाख्रीन पृष्ठ प्रतिकूल मौसम / सुदीप पाख्रिन पर स्थानांतरित किया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 1: | पंक्ति 1: | ||
{{KKGlobal}} | {{KKGlobal}} | ||
{{KKRachna | {{KKRachna | ||
− | |रचनाकार=सुदीप | + | |रचनाकार=सुदीप पाख्रिन |
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह= | + | |संग्रह= आदिम मौनता / सुदीप पाख्रिन |
}} | }} | ||
{{KKCatKavita}} | {{KKCatKavita}} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
+ | |||
१. दिन/रात | १. दिन/रात | ||
आजभोलि | आजभोलि | ||
रातहरुका काँढाहरुले | रातहरुका काँढाहरुले | ||
हामीलाई बिझाउँदैछन् | हामीलाई बिझाउँदैछन् | ||
− | — हाम्रा सपनाहरुले झैं | + | — हाम्रा सपनाहरुले झैं |
− | — हाम्रा रहरहरुले झैं | + | — हाम्रा रहरहरुले झैं |
तरपनि | तरपनि | ||
नदुख्नुको आडम्बर बाँचिरहेछौं | नदुख्नुको आडम्बर बाँचिरहेछौं | ||
नघोच्नुको ढोंग गरिरहेछौं | नघोच्नुको ढोंग गरिरहेछौं | ||
− | + | विरोधाभासपूर्ण बचाइको प्रतिक | |
− | — जिन्दगी — | + | — जिन्दगी — |
− | — ढोइरहेछौं, ढोइरहेछौं, | + | — ढोइरहेछौं, ढोइरहेछौं,... ढोइरहेछौं |
घामको छायाँ पारेर | घामको छायाँ पारेर | ||
− | अंधकारका राक्षसहरु | + | अंधकारका राक्षसहरु हामीमाथि |
बर्बरतापूर्वक शासन गरिरहेका छन् | बर्बरतापूर्वक शासन गरिरहेका छन् | ||
− | — उज्यालोलाई नै सयलमा पारेर | + | — उज्यालोलाई नै सयलमा पारेर |
− | — उज्यालोलाई नै आझेलमा पारेर | + | — उज्यालोलाई नै आझेलमा पारेर |
− | २. गर्मी याम/जाडो याम | + | २. गर्मी याम/जाडो याम |
हर मौसमको | हर मौसमको | ||
− | यो | + | यो ठिहिर्या उने जाडोमा |
हामी निर्विकल्प पीडाहरुको कम्बल ओढि हिंडिरहेछौं | हामी निर्विकल्प पीडाहरुको कम्बल ओढि हिंडिरहेछौं | ||
− | — जिन्दगीका अपरिचित अँध्यारा गल्लीहरुमा | + | — जिन्दगीका अपरिचित अँध्यारा गल्लीहरुमा |
हामी रातलाई दुहेर | हामी रातलाई दुहेर | ||
− | + | दुधजस्तै उज्यालो झर्ने अनुमानमा रम्छौं | |
हामी काँढाहरु बुनेर | हामी काँढाहरु बुनेर | ||
− | बिश्वास जस्तै | + | बिश्वास जस्तै फूल फुल्ने सोचाइमा खुशी हुन्छौं |
भाच्चिएको बाटो जिन्दगीको | भाच्चिएको बाटो जिन्दगीको | ||
पंक्ति 45: | पंक्ति 46: | ||
शुरु भएर अन्धकार धुवाँ जस्तै | शुरु भएर अन्धकार धुवाँ जस्तै | ||
जिन्दगीको कोठाभरि जमिरहेछ | जिन्दगीको कोठाभरि जमिरहेछ | ||
− | — प्रदुषण | + | — प्रदुषण फैलाएर |
− | — प्रदुषित भएर | + | — प्रदुषित भएर |
हामी | हामी | ||
नाकै नभएको नाक | नाकै नभएको नाक | ||
पंक्ति 60: | पंक्ति 61: | ||
दिउँसै सडकमा मैनबत्ती बालेर | दिउँसै सडकमा मैनबत्ती बालेर | ||
− | प्रत्येक कुनाबाट ङिचिक्क | + | प्रत्येक कुनाबाट ङिचिक्क... मुस्कुराउँछ |
− | — राक्षस अंधकार | + | — राक्षस अंधकार |
+ | |||
४. बर्सातमै | ४. बर्सातमै | ||
बंजर भएका | बंजर भएका | ||
मनहरुका फाँटहरु | मनहरुका फाँटहरु | ||
गिद्धहरुका छायाँमुनि | गिद्धहरुका छायाँमुनि | ||
− | + | काकाकुलझैं छट्पटाउँदैछन् | |
− | — पुरातन युगदेखि | + | — पुरातन युगदेखि |
− | हामी | + | हामी हेरिरहेछौं— शून्य आकाश |
− | + | कर्याुङकुरुङहरु | |
बिउ छर्ने सन्देश दिंदै | बिउ छर्ने सन्देश दिंदै | ||
कहिल्यै उडेनन् | कहिल्यै उडेनन् | ||
पंक्ति 81: | पंक्ति 83: | ||
हामी सबैले मज्जासँग सुत्नु पर्छ | हामी सबैले मज्जासँग सुत्नु पर्छ | ||
हामी सबैले मज्जासँग निदाउनु पर्छ | हामी सबैले मज्जासँग निदाउनु पर्छ | ||
− | चुँ..... | + | चुँ..... चुँ... चुँ.... |
सुत्नु पर्छ ! | सुत्नु पर्छ ! | ||
साँच्चै नै !! | साँच्चै नै !! | ||
सुत्नै पर्छ !!! | सुत्नै पर्छ !!! | ||
</poem> | </poem> |
14:09, 28 जुलाई 2020 के समय का अवतरण
१. दिन/रात
आजभोलि
रातहरुका काँढाहरुले
हामीलाई बिझाउँदैछन्
— हाम्रा सपनाहरुले झैं
— हाम्रा रहरहरुले झैं
तरपनि
नदुख्नुको आडम्बर बाँचिरहेछौं
नघोच्नुको ढोंग गरिरहेछौं
विरोधाभासपूर्ण बचाइको प्रतिक
— जिन्दगी —
— ढोइरहेछौं, ढोइरहेछौं,... ढोइरहेछौं
घामको छायाँ पारेर
अंधकारका राक्षसहरु हामीमाथि
बर्बरतापूर्वक शासन गरिरहेका छन्
— उज्यालोलाई नै सयलमा पारेर
— उज्यालोलाई नै आझेलमा पारेर
२. गर्मी याम/जाडो याम
हर मौसमको
यो ठिहिर्या उने जाडोमा
हामी निर्विकल्प पीडाहरुको कम्बल ओढि हिंडिरहेछौं
— जिन्दगीका अपरिचित अँध्यारा गल्लीहरुमा
हामी रातलाई दुहेर
दुधजस्तै उज्यालो झर्ने अनुमानमा रम्छौं
हामी काँढाहरु बुनेर
बिश्वास जस्तै फूल फुल्ने सोचाइमा खुशी हुन्छौं
भाच्चिएको बाटो जिन्दगीको
हिडिरहेछौं निरुदेश्य !
हिडिरहेछौं गन्तब्यहिन !!
३. दिनको एक कुनाबाट
शुरु भएर अन्धकार धुवाँ जस्तै
जिन्दगीको कोठाभरि जमिरहेछ
— प्रदुषण फैलाएर
— प्रदुषित भएर
हामी
नाकै नभएको नाक
नाकदानीले छोपेर
भोकको पलंगमाथि
मज्जासँग सुतिरहेछौं
दिन/दुनियाबाट बेखबर
हरेक खबर/अखबरबाट बेखबर
नसुतेका भान गर्नेहरु
शब्दहरुको जुलुस लिएर हिड्दछन्
उज्यालोको खोजिमा
दिउँसै सडकमा मैनबत्ती बालेर
प्रत्येक कुनाबाट ङिचिक्क... मुस्कुराउँछ
— राक्षस अंधकार
४. बर्सातमै
बंजर भएका
मनहरुका फाँटहरु
गिद्धहरुका छायाँमुनि
काकाकुलझैं छट्पटाउँदैछन्
— पुरातन युगदेखि
हामी हेरिरहेछौं— शून्य आकाश
कर्याुङकुरुङहरु
बिउ छर्ने सन्देश दिंदै
कहिल्यै उडेनन्
छेउको सुकेको रुखका हाँगाहरुमा बसेर
बसन्तको आगमनको खबर गाउँदै
कोइलीहरु कहिल्यै गाएनन्
५. हो !
यस प्रतिकूल मौसममा
हामी सबैले मज्जासँग सुत्नु पर्छ
हामी सबैले मज्जासँग निदाउनु पर्छ
चुँ..... चुँ... चुँ....
सुत्नु पर्छ !
साँच्चै नै !!
सुत्नै पर्छ !!!