"स्थानविहीन / अनामिका / सुमन पोखरेल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=अनामिका |अनुवादक=सुमन पोखरेल |संग...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) छो |
||
पंक्ति 19: | पंक्ति 19: | ||
आरम्भिक पाठहरूको - | आरम्भिक पाठहरूको - | ||
राम, पाठशाला जा ! | राम, पाठशाला जा ! | ||
− | राधा, | + | राधा, भात पका ! |
राम, आइज मिठाई खा ! | राम, आइज मिठाई खा ! | ||
राधा, घर बढार् ! | राधा, घर बढार् ! | ||
पंक्ति 34: | पंक्ति 34: | ||
कसरी उसको कुनै ठाउँ होस्? | कसरी उसको कुनै ठाउँ होस्? | ||
कुन ठाउँ हुन्छ यस्तो | कुन ठाउँ हुन्छ यस्तो | ||
− | जो छोडिएपछि | + | जो छोडिएपछि आइमाई बन्ने गर्छ । |
काटिएका नङहरू, र | काटिएका नङहरू, र | ||
काइँयोमा झल्झिएर उखेलिएका केशजसरी | काइँयोमा झल्झिएर उखेलिएका केशजसरी | ||
बढारेर मिल्काइदिने खाले? | बढारेर मिल्काइदिने खाले? | ||
− | घर छुट्यो, आँगन छोडियो, | + | घर छुट्यो, आँगन छोडियो, छोडिइए मान्छे र बगैँचाहरू |
− | केही प्रश्नहरूले पछ्याउँदै थिए, ती पनि | + | केही प्रश्नहरूले पछ्याउँदै थिए, ती पनि छोडिइए! |
छुट्दै गए ठाउँहरू | छुट्दै गए ठाउँहरू | ||
तर नेलकटर वा काँइयोमा अल्झिरहेको जस्तो त | तर नेलकटर वा काँइयोमा अल्झिरहेको जस्तो त | ||
पंक्ति 57: | पंक्ति 57: | ||
त्यसरी नै बुझिऊँ, त्यसरी नै पढिऊँ | त्यसरी नै बुझिऊँ, त्यसरी नै पढिऊँ | ||
जसरी पढिन्छ तुकारामको कुनै | जसरी पढिन्छ तुकारामको कुनै | ||
− | अधूरो | + | अधूरो अभङ्ग! |
+ | ...................................................................... | ||
+ | '''[[बेजगह / अनामिका |इस कविता का मूल हिन्दी पढ़ने के लिए यहाँ क्लिक करें ।]]''' | ||
</poem> | </poem> |
10:01, 26 अगस्त 2023 के समय का अवतरण
"आफ्ना ठाउँबाट निस्केपछि
कतैका रहँदैनन्
केश, आइमाई र नङहरू"-
व्याख्या गर्नुहुन्थ्यो कुनै श्लोकको यसरी
हामीलाई संस्कृत पढाउने गुरु ।
ठाउँ? ठाउँ भनेको के हो?
त्यसरी बुझेका थियौँ हामीले
एक कक्षामा पढ्दैखेरी ।
याद थियो हामीलाई एकएक क्षण
आरम्भिक पाठहरूको -
राम, पाठशाला जा !
राधा, भात पका !
राम, आइज मिठाई खा !
राधा, घर बढार् !
भाइको सुत्ने बेला भयो
गएर ओच्छ्यान लगा !
आहा! नयाँ घर!
राम, हेर यो तेरो कोठा हो!
'अनि मेरो?'
'ए, लाटी,
छोरी त हावा, घाम, माटो हो
उसको कुनै घर हुँदैन'।"
जसको कुनै घर नै हुँदैन-
कसरी उसको कुनै ठाउँ होस्?
कुन ठाउँ हुन्छ यस्तो
जो छोडिएपछि आइमाई बन्ने गर्छ ।
काटिएका नङहरू, र
काइँयोमा झल्झिएर उखेलिएका केशजसरी
बढारेर मिल्काइदिने खाले?
घर छुट्यो, आँगन छोडियो, छोडिइए मान्छे र बगैँचाहरू
केही प्रश्नहरूले पछ्याउँदै थिए, ती पनि छोडिइए!
छुट्दै गए ठाउँहरू
तर नेलकटर वा काँइयोमा अल्झिरहेको जस्तो त
कहिल्यै लाग्दै लागेन!
परम्पराबाट छोडिएपछि केवल यस्तो लाग्छ-
कुनै ठूलो क्लासिक रचनाबाट झिकेर
बी.ए. पासकोर्सको प्रश्नपत्रमा छर्किएको
एउटा सानो पङ्ति हुँ -
चाहन्नँ तर
कोही गर्न थालोस्
मेरो सप्रसङ्ग व्याख्या ।
सारा सन्दर्भहरूलाई पार गरेर
मुस्किलले उडेर पुगेकी छु
त्यसरी नै बुझिऊँ, त्यसरी नै पढिऊँ
जसरी पढिन्छ तुकारामको कुनै
अधूरो अभङ्ग!
......................................................................
इस कविता का मूल हिन्दी पढ़ने के लिए यहाँ क्लिक करें ।