"परिचयपत्र / महमुद दरविस / सुमन पोखरेल" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=महमूद दरवेश |अनुवादक=सुमन पोखरेल...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) छो |
||
(इसी सदस्य द्वारा किया गया बीच का एक अवतरण नहीं दर्शाया गया) | |||
पंक्ति 6: | पंक्ति 6: | ||
}} | }} | ||
<poem> | <poem> | ||
− | म | + | लेख! |
− | + | म एउटा अरबी हुँ | |
− | + | र मेरो परिचयपत्र नम्बर पचास हजार हो। | |
− | मेरा | + | मेरा आठ जना छोराछोरी छन् |
− | र | + | र नवौँ यो बर्खा सकिएपछि जन्मिँदैछ । |
− | + | के यो सुन्दा तिमीलाई रिस उठ्छ? | |
− | + | ||
− | + | लेख! | |
− | + | म एउटा अरबी हुँ | |
− | + | अरू साथीसँगै ढुङ्गा खानीमा काम गर्ने। | |
− | र | + | मेरा आठ जना छोराछोरी छन्, |
− | + | म तिनीहरूका लागि खाना लुगा र किताबहरू | |
− | + | यिनै ढुङ्गाबाट बटुल्छु। | |
− | + | म दयाको भीख माग्दै तिम्रा ढोकामा पसारो पर्दिनँ। | |
− | + | न त आफूलाई तिम्रा दैलामुनिका खुड्किलामा खुम्च्याउन चाहन्छु। | |
− | + | त्यसो हुँदा के तिमी रिसाउँछौ? | |
− | + | ||
− | + | लेख! | |
− | + | म एउटा अरबी हुँ। | |
− | + | मेरो एउटा नाम छ, कुनै पद बिनाको | |
− | + | र नागरिकहरूलाई क्रुद्ध पारिएको एउटा देशमा | |
− | + | सुरक्षित गरिएको छ प्रतिलिपी अधिकार | |
− | + | त्यस नामको। | |
− | + | ||
− | + | ||
दर्होसँग गाडिएका छन् मेरा जरा | दर्होसँग गाडिएका छन् मेरा जरा | ||
पंक्ति 70: | पंक्ति 68: | ||
सावधान रहू... | सावधान रहू... | ||
मेरो भोक र | मेरो भोक र | ||
− | मेरो | + | मेरो रीसबाट। |
+ | ……………………………………………………………………… | ||
+ | '''[[पहचानपत्र / महमूद दरवेश / विनोद दास|इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ]]''' | ||
</poem> | </poem> |
17:24, 15 दिसम्बर 2021 के समय का अवतरण
लेख!
म एउटा अरबी हुँ
र मेरो परिचयपत्र नम्बर पचास हजार हो।
मेरा आठ जना छोराछोरी छन्
र नवौँ यो बर्खा सकिएपछि जन्मिँदैछ ।
के यो सुन्दा तिमीलाई रिस उठ्छ?
लेख!
म एउटा अरबी हुँ
अरू साथीसँगै ढुङ्गा खानीमा काम गर्ने।
मेरा आठ जना छोराछोरी छन्,
म तिनीहरूका लागि खाना लुगा र किताबहरू
यिनै ढुङ्गाबाट बटुल्छु।
म दयाको भीख माग्दै तिम्रा ढोकामा पसारो पर्दिनँ।
न त आफूलाई तिम्रा दैलामुनिका खुड्किलामा खुम्च्याउन चाहन्छु।
त्यसो हुँदा के तिमी रिसाउँछौ?
लेख!
म एउटा अरबी हुँ।
मेरो एउटा नाम छ, कुनै पद बिनाको
र नागरिकहरूलाई क्रुद्ध पारिएको एउटा देशमा
सुरक्षित गरिएको छ प्रतिलिपी अधिकार
त्यस नामको।
दर्होसँग गाडिएका छन् मेरा जरा
समय जन्मनुभन्दा पहिल्यैदेखि,
युगहरूका ढोका खुल्नुभन्दा पहिल्यैदेखि,
सल्ला र सालका रूखहरूभन्दा पहिल्यैदेखि,
र घाँस उम्रन थाल्नुभन्दा पहिल्यैदेखि।
मेरा बुवा, कुनै सम्भ्रान्त परिवारमा हैन
हलो जोत्दै हुर्किनु भएको हो।
मेरा हजुरबा किसान हुनुहुन्थ्यो,
न त राम्रोसँग बढ्न पाउनु भयो, न त राम्ररी जन्मनु नै भयो!
वहाँले पढ्न सिकाउनुभन्दा पहिले
सूर्यको गौरवका बारेमा बुझाउनु भएको थियो मलाई ।
मेरो घर एउटा पालेघर जस्तै छ
बाँसका सिक्रा र रुखका हाँगाले बनेको।
के मेरो अवस्थाले तिम्रो चित्तलाई तृप्त पार्यो?
मेरो एउटा नाम छ, कुनै पद बिनाको!
लेख!
म एउटा अरबी हुँ।
तिमीले चोरेका छौ
मेरा पुर्खाहरूको खेतबारी
मैले बाली लगाएको मेरो धर्ती
र मेरा छोराछोरीसमेत।
तिमीले हाम्रा लागि केही पनि बाँकी राखिदिएनौ
यी ढुङ्गाहरू बाहेक।
र यो पनि राज्यले लानेछ भन्ने सुनिँदैछ अचेल।
त्यसैले!
पहिलो पृष्ठको सबैभन्दा माथि लेख -
मानिसलाई घृणा गर्दिनँ म
न त म अरूको सम्पत्ति हडप्दै हिँड्छु।
तर म भोकाएँ भने
मेरो सम्पत्ति बलजफ्ति हडप्नेहरूको मासुनै
मेरो आहारा हुनेछ।
सावधान...
सावधान रहू...
मेरो भोक र
मेरो रीसबाट।
………………………………………………………………………
इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ