भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"प्रभुजी, भेंडो बनाऊ / लक्ष्मीप्रसाद देवकोटा" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
छो
 
पंक्ति 8: पंक्ति 8:
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
 
+
ज्यादै थाकेँ हे ईश्वर !
ज्यादै थाकें हे ईश्वर !
+
भेँडो बनाऊ मलाई ।
भेंडो बनाऊ मलाई ।
+
  
 
यो शिरको धराप- जो हो मेरो घर
 
यो शिरको धराप- जो हो मेरो घर
पंक्ति 16: पंक्ति 15:
 
यो जान्नाको पाप-
 
यो जान्नाको पाप-
 
यो अन्तःकरणको हृदय ज्वालक नाप
 
यो अन्तःकरणको हृदय ज्वालक नाप
यो खसुंला भन्ने तीन किसिमको ताप
+
यो खसूँला भन्ने तीन किसिमको ताप
 
यो चढ्ने रवाफ ।
 
यो चढ्ने रवाफ ।
 
यो जवाफदेहीको अभिशाप ।
 
यो जवाफदेहीको अभिशाप ।
  
भो ! भो ! चाहन्न दिव्य रवाफ !
+
भो ! भो ! मलाई चाहन्न दिव्य रवाफ !
फेरि मरण पछि कुमारीचोक वहीखाता साफ
+
फेरि मरणपछि कुमारीचोक बहीखाता साफ
 
मीठो मस्त !
 
मीठो मस्त !
 
जानवरी निरुत्तरदायित्व मलाई
 
जानवरी निरुत्तरदायित्व मलाई
 
भगवान ।
 
भगवान ।
वेकोदाली-जीवन न कि परिश्रमको शराप
+
बेकोदाली-जीवन न कि परिश्रमको शराप
मीठो भन्नु चुरुम चुरुम आफै फल्ने घाँस ।
+
मीठो भन्नु चुरुम चुरुम आफैँ फल्ने घाँस ।
  
 
किन यी चौरासी व्यञ्जन ?
 
किन यी चौरासी व्यञ्जन ?
 
नकली जिभ्रो ?
 
नकली जिभ्रो ?
 
नकली कान ?
 
नकली कान ?
एक सिंगाने नाक निमित्र यत्तिका अन्तर ?
+
एक सिँगाने नाक निमित्त यत्तिका अत्तर ?
झूटो कल्पना निमित्त वेदव्यास र लाखन, लाखन, शुक वहत्तर ?
+
झूटो कल्पना निमित्त वेदव्यास र लाखन-लाखन, शुक बहत्तर ?
 
अँध्यारो अज्ञानको साह्रो खेती !
 
अँध्यारो अज्ञानको साह्रो खेती !
 
शरीर जोती जोती ?
 
शरीर जोती जोती ?
यतिका आँसु यतिका क्रन्दन वेकाम !
+
यतिका आँसु यतिका क्रन्दन बेकाम !
यत्ती हाँसो हिलहिल परिवर्तनको !
+
यत्ति हाँसो हिलहिल परिवर्तनको !
हर हर चता माथि
+
हर हर चितामाथि
  
 
यत्रो छकावट ? यति तार बनाई ?
 
यत्रो छकावट ? यति तार बनाई ?
 
सुन, मेरो भनाइ !
 
सुन, मेरो भनाइ !
 
बलियोले खाए खाऊन, मलाई ज्ञान नआऊन्
 
बलियोले खाए खाऊन, मलाई ज्ञान नआऊन्
सच्चा साधु भेंडो छ !
+
सच्चा साधु भेँडो छ !
 
सादा स्वाद हरियो हुनाले, परमेश्वरको निन्दा नगरोस् आमा
 
सादा स्वाद हरियो हुनाले, परमेश्वरको निन्दा नगरोस् आमा
 
चाहनाको गुणन गरी लुगा नचुन्नु परोस्
 
चाहनाको गुणन गरी लुगा नचुन्नु परोस्
 
लुगा नबुन्नु परोस्, उम्रोस् आँग भरी
 
लुगा नबुन्नु परोस्, उम्रोस् आँग भरी
लडूँ म सींगले,
+
लडूँ म सीँगले,
 
आध्यात्मिक समर नहोस्  
 
आध्यात्मिक समर नहोस्  
 
काल होस् सजिलो,
 
काल होस् सजिलो,
नकि नास्तिकको अणुवत् ध्वंस-समष्टि ज्वलन
+
न कि नास्तिकको अणुवत् ध्वंस-समष्टि ज्वलन
नतानुँ लहरा नगर्जुन् पहरा, दुःखको प्रदर्शन भित्र
+
नतानूँ लहरा नगर्जुन् पहरा, दुःखको प्रदर्शनभित्र
 
जीवनकाठ बनाउन कृत्रिम झूठो बुद्धि उडाइ विचित्र
 
जीवनकाठ बनाउन कृत्रिम झूठो बुद्धि उडाइ विचित्र
 
भविष्यले नडसोस् ।
 
भविष्यले नडसोस् ।
  
भूत विद्या बनी सींग माथि नबसोस,
+
भूत विद्या बनी सीँगमाथि नबसोस्,
सभ्यताको धराप नउचालु, नउडूँ यथार्थ छोडी
+
सभ्यताको धराप नउचालूँ, नउडूँ यथार्थ छोडी
आदर्शहरुतिर आत्मा नखसोस् :
+
आदर्शहरूतिर आत्मा नखसोस् :
भ्या भ्या भन्दा मीठो गाना, नकली तारहरुमा नबनोस्
+
भ्या भ्या भन्दा मीठो गाना, नकली तारहरूमा नबनोस्
 
पाठाको प्रेम गरुँ
 
पाठाको प्रेम गरुँ
केवल पितृभाव प्रभुको मिलोस् ।
+
केवल पितृभाव प्रभूको मिलोस् ।
  
 
यति मात्रामा मात्र,
 
यति मात्रामा मात्र,
मरे मरिगो परमेश्वरको इच्छा !
+
मरे मरिगो' परमेश्वरको इच्छा !
सुँघ्दा छैन-जीए दूध नसुकोस् त्यति बेलासम्म
+
सुँघ्दा छैन- जीए दूध नसुकोस् त्यति बेलासम्म
जबतक उसको आँग हुँदैन भरी,
+
जब तक उसको आँग हुँदैन भरी,
 
अथवा घाँस कडा नहोस्
 
अथवा घाँस कडा नहोस्
आफै खाने नबनोस्—
+
आफैँ खाने नबनोस्—
 
डाक्टर बोलाउन नपरोस् ।
 
डाक्टर बोलाउन नपरोस् ।
  
भयंकर काली बोक्सी कलातिर प्रकृत मेरो आत्मा
+
भयङ्कर काली बोक्सी कलातिर प्रकृत मेरो आत्मा
      कहिले नदुगुरोस्
+
कहिले नदुगुरोस्
 
साधुजस्तो शून्यतिर नहाम्फालूँ
 
साधुजस्तो शून्यतिर नहाम्फालूँ
 
अथवा कृत्रिम कल्पनाले—
 
अथवा कृत्रिम कल्पनाले—
जादूहीन सत्यबाट रंगी चंगी
+
जादूहीन सत्यबाट रङ्गी चङ्गी
वाङ्गा जादू ननिकालूँ
+
बाङ्गा जादू ननिकालूँ
ब्राह्मण नबनूँ अरुको पाप पखाली खान
+
ब्राह्मण नबनूँ अरूको पाप पखाली खान
 
मैलो पानी
 
मैलो पानी
धर्मात्मा झैं पापहरुको चेत भरिईकन-
+
धर्मात्मा झैँ पापहरूको चेत भरिइकन -
रौरवतिर पयर न उचालू-
+
रौरवतिर पयर न उचालूँ-
नसुधारुँ—उवार्न जगत् यो !
+
नसुधारूँ—उवार्न जगत् यो !
पुराना—फाटाहरुले न टालूँ,
+
पुराना—फाटाहरूले न टालूँ,
 
अप्रिय फालूँ
 
अप्रिय फालूँ
 
प्रकृतिको सादा सुन्दर असुन्दर बत्ती,
 
प्रकृतिको सादा सुन्दर असुन्दर बत्ती,
पंक्ति 89: पंक्ति 88:
 
साधु भन्दा माथि पुगूँ,
 
साधु भन्दा माथि पुगूँ,
 
ब्राह्मण भन्दा स्वर्ग,
 
ब्राह्मण भन्दा स्वर्ग,
धर्मात्माहरु भन्दा सुखको वैकुण्ठ,
+
धर्मात्माहरू भन्दा सुखको वैकुण्ठ,
 
दाग एउटा ननिकालूँ
 
दाग एउटा ननिकालूँ
दिव्य पशुत्व मलाई प्रभुजी
+
दिव्य पशुत्व मलाई प्रभूजी
जनीगर झट्ट समाऊ !
+
जनी गर झट्ट समाऊ !
 
आऊ ! आऊ !
 
आऊ ! आऊ !
अहिल्यै भेंडो बनाऊ ।
+
अहिल्यै भेँडो बनाऊ ।
 
०००
 
०००
 
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक  [[पद्यसङ्ग्रह_/_सम्पादित_पुस्तक|पद्यसङ्ग्रह]] बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)
 
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक  [[पद्यसङ्ग्रह_/_सम्पादित_पुस्तक|पद्यसङ्ग्रह]] बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)

21:10, 11 सितम्बर 2024 के समय का अवतरण

ज्यादै थाकेँ हे ईश्वर !
भेँडो बनाऊ मलाई ।

यो शिरको धराप- जो हो मेरो घर
यो विचारको शराप-
यो जान्नाको पाप-
यो अन्तःकरणको हृदय ज्वालक नाप
यो खसूँला भन्ने तीन किसिमको ताप
यो चढ्ने रवाफ ।
यो जवाफदेहीको अभिशाप ।

भो ! भो ! मलाई चाहन्न दिव्य रवाफ !
फेरि मरणपछि कुमारीचोक बहीखाता साफ
मीठो मस्त !
जानवरी निरुत्तरदायित्व मलाई
भगवान ।
बेकोदाली-जीवन न कि परिश्रमको शराप
मीठो भन्नु चुरुम चुरुम आफैँ फल्ने घाँस ।

किन यी चौरासी व्यञ्जन ?
नकली जिभ्रो ?
नकली कान ?
एक सिँगाने नाक निमित्त यत्तिका अत्तर ?
झूटो कल्पना निमित्त वेदव्यास र लाखन-लाखन, शुक बहत्तर ?
अँध्यारो अज्ञानको साह्रो खेती !
शरीर जोती जोती ?
यतिका आँसु यतिका क्रन्दन बेकाम !
यत्ति हाँसो हिलहिल परिवर्तनको !
हर हर चितामाथि ।

यत्रो छकावट ? यति तार बनाई ?
सुन, मेरो भनाइ !
बलियोले खाए खाऊन, मलाई ज्ञान नआऊन्
सच्चा साधु भेँडो छ !
सादा स्वाद हरियो हुनाले, परमेश्वरको निन्दा नगरोस् आमा
चाहनाको गुणन गरी लुगा नचुन्नु परोस्
लुगा नबुन्नु परोस्, उम्रोस् आँग भरी
लडूँ म सीँगले,
आध्यात्मिक समर नहोस्
काल होस् सजिलो,
न कि नास्तिकको अणुवत् ध्वंस-समष्टि ज्वलन
नतानूँ लहरा नगर्जुन् पहरा, दुःखको प्रदर्शनभित्र
जीवनकाठ बनाउन कृत्रिम झूठो बुद्धि उडाइ विचित्र
भविष्यले नडसोस् ।

भूत विद्या बनी सीँगमाथि नबसोस्,
सभ्यताको धराप नउचालूँ, नउडूँ यथार्थ छोडी
आदर्शहरूतिर आत्मा नखसोस् :
भ्या भ्या भन्दा मीठो गाना, नकली तारहरूमा नबनोस्
पाठाको प्रेम गरुँ
केवल पितृभाव प्रभूको मिलोस् ।

यति मात्रामा मात्र,
मरे मरिगो' परमेश्वरको इच्छा !
सुँघ्दा छैन- जीए दूध नसुकोस् त्यति बेलासम्म
जब तक उसको आँग हुँदैन भरी,
अथवा घाँस कडा नहोस्
आफैँ खाने नबनोस्—
डाक्टर बोलाउन नपरोस् ।

भयङ्कर काली बोक्सी कलातिर प्रकृत मेरो आत्मा
कहिले नदुगुरोस्
साधुजस्तो शून्यतिर नहाम्फालूँ
अथवा कृत्रिम कल्पनाले—
जादूहीन सत्यबाट रङ्गी चङ्गी
बाङ्गा जादू ननिकालूँ
ब्राह्मण नबनूँ अरूको पाप पखाली खान
मैलो पानी
धर्मात्मा झैँ पापहरूको चेत भरिइकन -
रौरवतिर पयर न उचालूँ-
नसुधारूँ—उवार्न जगत् यो !
पुराना—फाटाहरूले न टालूँ,
अप्रिय फालूँ
प्रकृतिको सादा सुन्दर असुन्दर बत्ती,
जस्तो जीवन बालूँ ।

मर्दा !
मर्दा
साधु भन्दा माथि पुगूँ,
ब्राह्मण भन्दा स्वर्ग,
धर्मात्माहरू भन्दा सुखको वैकुण्ठ,
दाग एउटा ननिकालूँ
दिव्य पशुत्व मलाई प्रभूजी
जनी गर झट्ट समाऊ !
आऊ ! आऊ !
अहिल्यै भेँडो बनाऊ ।
०००
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)
................................................
यहाँ क्लिक करके इस कविता का एक हिंदी अनुवाद पढ़ा जा सकता है।