भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
तिमी यसबेला कुनै बिम्व खोज;
हत्केलाबाट चुहुन्जेल स्पर्श खोजिरहेर बाँचेका क्षणहरू
म र तिमी, तिमी म; खेतको डिलमा, भर्खरै जहाँ बाली काटिएको माटो गहनाउँछ गन्हाउँछ
अँगेना वा धुनीमा सल्काएको तन्नेरी आगो मसित ब्यूँझिरहन्छ बिउँझिरहन्छ तापले दिग्गज हुन छुन खोजिरहन्छ , धेरै दिनपछि असमर्थताको कुरा धेरै दिनअघि असमर्थताको कुरा,
आजको असमर्थताको कुरा,
हिसाबमा कसैको भूल छैन, तिमी पनि त्यस्तै भन्छौ;
यता मेरा सपना पराजित छन्, म भन्छु, जुन कुरा तिमी भन्दैनौ ।
एउटा अग्नि पराजित छ, कि जसले सल्काउन पाउँदैन
एउटा अग्नि दाउरा पराजित छ, कि जसले सल्किन पाउँदैन ।
अग्नि म हुँ, सधैँ समिधा खोज्छु
समिधा नीति होतिमी हौ, बालिन खोज्छौ। यो तान्त्रिक आकाश !
किताबका अनेकौँ परिच्छेदहरू र कोठाहरू,
किताब पुछ्ने । यो बच्चा, म सम्झना गर्छु ।
एउटा विप्लवजस्तो लाग्छ किताब,
कृपया, तिमी मलाई चुस, सकिदेऊ, म सकिन चाहन्छु,
यहाँ त सूर्य छ / आँखा छ / म छु / तिमी छौ,
खोल्सा खोलेसा छ, आवाज छ/ईश्वर छ अझै;
म बाँकी रहन्छु
आज प्रत्येक व्यक्ति बाँकी रहन्छ ।
मेरो घरको विरुवा सर्दै सरेन, मरेन पनि भन्दै
मेरो घरको पाती लाग्दै लागेन, बगेन पनि भन्दै
मलाई माया गर, म बहुलाउन लागेको छु । म बलिसकेँ, बलुञ्जेल दाउरा हाल, म सल्कन लागेको छु ।
कथा भन । एउटा कथा भन । एउटा कथा भन । म विरुवा सार्न चाहन्छु ।
अनकन्टार वनको कुहिरो लाग्छ आज पनि मेरा घरका बलेँसीहरूमा ।
नितान्त बलेर बसेर मात्रै आपसमा कुरा गरिरहन्छौँ हामी
हवि र अग्नि / अग्नि र हवि,
अपर्याप्त जीवनहरू सँगसँगै बसेका हुन्छन्
पात र हाँगाहरू काला झर्न खोज्छन्,
नियान्ता भएर कहिलेकाहीँ चीसो शीतलमा शीतलता पनि खोज्छन्
तर, नियति बल्नुबाहेक के रह्यो र, तैपनि
सल्किरहेको अर्चना अझ अझै बाँकी छ ।
</poem>
Mover, Reupload, Uploader
10,369
edits