भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
सङघर्षको गीत गुन्गुनाउँदै
ससक्त भएर कर्मयात्रामा
 अविश्रान्त डटेकी ए [[वानिरा गिरी|वानीरा ]] !
तिमीलाई नै साक्षी राखेर
विसङगतिका हलाहल पान गर्दै
नीलकण्ठ स्वरुपमा उभिने
[[वानिरा गिरी|वानीरा ]] ! यसबेला म
तिमी नै तिमी लेख्न खोज्दैछु ।
तर कहिल्यै पुग्न नसकिने
महाशिखर हो वानीरा
तर पनि ए वानीरा !
तर पनि ए [[वानिरा गिरी|वानीरा]] !
म तिमी लेख्ने साहस गर्दैछु ।
म वानीरा लेख्ने प्रयास गर्दैछु ।
स्वाभिमानको अग्लो पर्खालभित्र चिहाउने
अनवरत प्रयत्न पनि गर्दैछु म
[[वानिरा गिरी|वानीरा ]] !
पीडाको अपार सागर हो वानीरा
आत्मसम्मानले अक्कासिएको शिखर हो वानीरा
सँधै उज्यालो मुहार बोकेर
सबैतिर मुस्कान वाँडी हिंडे पनि
छातीको अथाह वेदना हो [[वानिरा गिरी|वानीरा]]
नेपाली भाषा साहित्याकाशकी
कहिल्यै अस्त नहुने
जूनतारा हो [[वानिरा गिरी|वानीरा]]
आआपनो ब्रम्हभित्र गहिरिएर त हेर
विश्व नारी रत्न हो [[वानिरा गिरी|वानीरा ]]
ए वानीरा !
म के भनौं र साथी
तिमी त लेखौला वानीरा
तर मैले त कहिल्यै लेख्न सकिन सकिनँ [[वानिरा गिरी|वानीरा]]म त कहिल्यै लेख्न पनि सक्तिन सक्तिनँ [[वानिरा गिरी|वानीरा]]
</poem>
Mover, Reupload, Uploader
10,369
edits