भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"नायिकानुनय / देवीदत्त शर्मा पराजुली" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार= देवीदत्त शर्मा पराजुली |अनुवादक=...' के साथ नया पृष्ठ बनाया)
 
(पृष्ठ को खाली किया)
 
पंक्ति 1: पंक्ति 1:
{{KKGlobal}}
 
{{KKRachna
 
|रचनाकार= देवीदत्त शर्मा पराजुली
 
|अनुवादक=
 
|संग्रह=
 
}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
  
हेर प्यारि ! तिमि लाज नमान, एक हूँ दुइ जना भनि जान ।
 
भेट भो भनि लिईकन हर्क झटृ सुन्दरि ! यतातिर फर्क ।।१।।
 
 
धेर कालतकको छ कबोल, बल्ल भेट हुनगो अनमोल ।
 
कोहि छैनन प्रिये ! अरु साथी, व्यर्थ लज्जित हुन्छ ममाथी ।।२।।
 
 
मनमहाँ लिइ टूलो अभिलाषा, चोलि लाइकन ताशकि खासा ।
 
कोरि केशहरु ती अति काला, हातमा पनि लगायर बाला ।।३।।
 
 
काल्टिकी असल सिम्रिकलाई, टल्कनेकन गरेर जमाई ।
 
भालमा पनि छ छाप सितारा, मात गर्छन कि निर्मल तारा ।।४।।
 
 
घाँटि सुन्दर छ शङ्घसमान, मुन्द्रि ढुङ्ग्रिहरुपूर्ण छ कान ।
 
लाल माणिक जडाउ तयारी क्या, अमोल छ त यारिङ भारी ।।५।।
 
 
प्यारि ! त्यो वदन चन्द्रसमान, ओठमा पनि त लाल छ पान ।
 
क्या मनोहर छ लाल कपोल, सुन्दरी ! रसिलि भैकन बोल ।।६।।
 
 
भारि सारिकन खुप सम्हारी, पारि नक्कल सबैतिर भारी ।
 
इारि गर्न भनि आइ तयारी, हुन्न नाञि भननू किन प्यारी ! ।।७।।
 
 
कोरि बाटिकन सुन्दर केश, फूलहेरु शिरमा घरि वेश ।
 
एकली निमि शुरुशुरु आयौ, दङ्गदास भय रङ्ग जमायौ ।।८।।
 
 
देख्दा भमर पंक्तिसरीको, झल्कने सुन निधारभरीको ।
 
हेर्दछु अलकको पनि शोभा, गर्छ जुन अलकले मन तोभा ।।९।।
 
 
चूरिको छनन शव्द छ भारी, पाउजेप अनि कल्लि बजारी ।
 
छम्म छम्म हुनगो सुन सोर, थाह हुन्छ चुरिहेरु नजोर ।।११।।
 
 
यो ऋतु पनि वसन्त छ भारी, एकली तिमी पनी त तयारी ।
 
रातको बखत यो छ अपार, हैन सुन्दरि ! पछेउरि सार ।।१२।।
 
 
कोइली कुहु-कुहु मन हर्ने शव्द गर्छन हरे ! सब हर्ने ।
 
सिर्र-सिर्र मलयाचल वात लाग्छ सुन्दरि ! समातन हात ।।१३।।
 
 
कामले गरिरक्यो जिउ आधा वस्न शक्तिन ठुलो भइ बाधा ।
 
गर्दछयौ किन अनाहक झेल हुन्न सुन्दरि ! गराउँछु मेल ।।१४।।
 
 
गर्दछु अधर चुम्बन आज, व्यर्थ सुन्दरि ! नमानन लाज ।
 
त्यो मनोहर पछेउरि सरि, हेर्दछु प्रियतमे ! सय हार ।।१५।।
 
 
रुप, रंग रसकी तिमि खानी छयौ भनीकन बराबर जानी ।
 
भैरहेछ अहिले मन दङ्ग गर्दछयौ किन प्रिये ! रसरङ्ग ।।१६।।
 
 
ख्यै न ख्यै पटुकी हेर्दछु भारी, ख्वैन चोलि कसतो छतयारी ।
 
हेनैद्मौ मकन ठुङ्ग्रि र हार, सुन्दरि ! छि घुमटो अलि सार ।।१७।।
 
सुन्दरी ! जगतमा म समान छैन कोइ लिइ यो अभिमान ।
 
बिध्न पारनु त व्यर्थ छ आज, धेर सुन्दरि ! नमानन लाज ।।१८।।
 
 
के गरीकन रिजाउनु मैले, काखमा लिउँ कि सुन्दरि ! एले ।
 
पाउ दापनु त पर्दछ फेरी, गर्दछ्यौ किन अनाहक देरी ।।१९।।
 
 
धेर बेर पनि बस्न हुँदैन, सुन्दरि भनन मन छ कि छैन ।
 
छैन ता अब बिदा पनि पाॐ, अलटाल गरि के घर जाॐ ।।२०।।
 
 
वाणी सुनेर रसिला मन-मोह-कारी
 
सारै न लज्जित भयेकि तिनी पियारि ।
 
जाऊ नजाउ भनि केहि नबोलि बात
 
अनन्दपूर्वक बिताउन अज रात ।।२१।।
 
 
 
 
(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)
 
</poem>
 

12:12, 2 जनवरी 2017 के समय का अवतरण