Changes

{{KKCatNepaliRachna}}
<poem>
इच्छाहरूको मिराज पछ्याउँदै दौडिरहेको जीवनलाई
समयको एक डिलमा बास बसेको मौका पारी
ओल्टाइओल्टाई-पल्टाइ पल्टाई हेरेँचिमोटेर बोलाएँ।बोलाएँ ।
सोधेँ, अनुहारबाट आफूलाई उक्काई फाल्नुको उक्काइफाल्नुको कारण
सोधेँ, मेरै रहर बोकेर मैसँग भागिहिँड्नुको कारण
सोधेँ, अभिलाषाको त्यत्रो भारी बोकी अक्कर-अक्कर कुदिहिँड्नुको कारण।कारण ।
ऊ सपनाहरूको ओढ्ने ओढी
निदाइरह्यो, अथवा
निदाएझैँ गरिरह्यो।गरिरह्यो । 
सल्लाह दिएँ,
घामका किरण टेकेर हिँड्न सकिँदैन
आगो निलेर हाँस्न सकिँदैन
हिउँ ओछ्याएर निदाउन सकिँदैन
पानीलाई अँगालो हालेर - - - — —
जुरुक्क उठेर
आफूले ओढिराखेको ओढ्ने बोकी
ऊ यसरी भाग्यो
आजसम्म फेरि भेट हुन सकेको छैन।छैन ।
</poem>
Mover, Reupload, Uploader
10,371
edits