भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"ढोकामा बत्ती कोठामा बत्ती / दिनेश अधिकारी" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिनेश अधिकारी |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)
 
छो (Sirjanbindu ने के गर्दै होली मायालु मेरी / दिनेश अधिकारी पृष्ठ [[ढोकामा बत्ती कोठामा बत्ती / दिनेश अधिका...)
(कोई अंतर नहीं)

14:39, 22 जुलाई 2017 का अवतरण

ढोकामा बत्ती कोठामा बत्ती
शहरभरि झलल बत्ती
तैपनि आँखाभरि आँखा उज्यालो छैन
सम्झन्छु खाली घरकै टुकी
के गर्दै होली मायालु मेरी
पिंढीमा बसी हेर्दै पो छ कि

छोडेर आएँ हातको मुठ्ठी
खोजेर व्यर्थै पोल्टामा खुसी
रोएरै धोऊँ भने नि मन यो
सुनेर कोही पनि हुँदैन दुखी
एक्लै छु सधैं भीडमै पनि
सुस्केरा मात्रै छ ओठभरि
के गर्दै होली मायालु मेरी
नूनको ढिको पोल्दै पो छ कि

पानीले तिर्खा मेटिन्न मेरो
छातीले खोज्छ मायाको धारो
नमिठो लाग्छ मुछेको गाँस
पसेको झैं लाग्छ आँखामा छारो
उसकै छ झल्को विपनाभरि
आँखामा निद्रा छैन रातभरि
के गर्दै होली मायालु मेरी
विछ्यौना आधी छोडेकी छ कि

शब्द – दिनेश अधिकारी
स्वर, संगीत – दीप श्रेष्ठ
एल्बम – श्रृंखला