{{KKCatNepaliRachna}}
<poem>
 
ए। मानवअधिकारका कुरा गरेर नथाकेकाहरू 
पहिले त यहाँ कुनै अदालत सड़ा गर 
मलाई उजुर गर्नु छ 
मेरो अस्तित्व लुट्नेहरूविरुद्ध । 
 कस्तो विचित्र सृष्टि यो । !  
मेरो जन्ममा 
मेरो इच्छा सोधिँदैन 
मुक्तिकै सङ्घर्षमा 
मरेको हुन्छ म सदा । 
 
तर यथार्थ यही रहेछ 
आमाको गर्भ 
मेरो सजाय 
तर मेरो अपराध केही थिएन । 
 
मेरो जन्ममा 
मेरो हात थिएन । 
जीवन कसैको 
दान कसैको । 
 
त्यसैले जबसम्म अस्तित्व पुग्दैन 
स्वेच्छा जन्म र मृत्युको शक्तिमा 
म यहाँ आफ्नै जीवन 
अरूको इच्छामा 
जन्मेको छु- बाँचेको छु । 
बाँचेको छु- मरेको छु । 
</poem>