भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"स्वप्नकथा / रमेश क्षितिज" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=अर...' के साथ नया पृष्ठ बनाया)
 
पंक्ति 8: पंक्ति 8:
 
<poem>
 
<poem>
  
हामी उक्लिरहेछांै
+
हामी उक्लिरहेछौं
 
त्यही प्राचिन ठाडो उकाली
 
त्यही प्राचिन ठाडो उकाली
 
यो उही पाटी हो पुर्खाहरूले बास बसेको,
 
यो उही पाटी हो पुर्खाहरूले बास बसेको,
पंक्ति 16: पंक्ति 16:
  
 
उसले सिरानी हालेको दर्शनको किताब,
 
उसले सिरानी हालेको दर्शनको किताब,
आंैला देखिने एकजोर पुराना जुत्ता,
+
औ‌ला देखिने एकजोर पुराना जुत्ता,
 
देशभक्तिका गीतहरूको अप्रकाशित पाण्डुलिपि
 
देशभक्तिका गीतहरूको अप्रकाशित पाण्डुलिपि
 
र मसी सुकेको ऐतिहासिक कलम
 
र मसी सुकेको ऐतिहासिक कलम
पंक्ति 22: पंक्ति 22:
  
 
दुःखीहरूको नफर्किने दिनलाई
 
दुःखीहरूको नफर्किने दिनलाई
हामीले व्यर्थै एक  दिन  त  फर्किन्छ भनेका थियांै कि  ?
+
हामीले व्यर्थै एक  दिन  त  फर्किन्छ भनेका थियौं कि  ?
  
 
कालो मसी घोप्टिएको इतिहासको क्रुर पाना,
 
कालो मसी घोप्टिएको इतिहासको क्रुर पाना,
पंक्ति 32: पंक्ति 32:
 
सपना पिएर धङधङिने  
 
सपना पिएर धङधङिने  
 
गँजडी बानी बसेको हो कि ?
 
गँजडी बानी बसेको हो कि ?
हामीले चिनेनांै समयलाई ?
+
हामीले चिनेनाै‌ समयलाई ?
  
 
उत्सवहरूको कालो भित्ता
 
उत्सवहरूको कालो भित्ता
पंक्ति 43: पंक्ति 43:
  
 
कुनै वृत्तको केन्द्रजस्तो
 
कुनै वृत्तको केन्द्रजस्तो
धेरै पर  पुग्यांै भनेको –  त्यहीँ हुँदारहेछांै
+
धेरै पर  पुग्यौं भनेको –  त्यहीँ हुँदारहेछौं
आफू चढ्न जानेनांै शिखरहरू
+
आफू चढ्न जानेनौ‌ शिखरहरू
कि अपदस्थ गर्दैछांै उचाइहरू ?
+
कि अपदस्थ गर्दैछौं  उचाइहरू ?
 
किन सभ्यताको जंगलीपनाको खियाले भुत्याइरहेछ
 
किन सभ्यताको जंगलीपनाको खियाले भुत्याइरहेछ
 
हाम्रा गौरवका धारहरू ?
 
हाम्रा गौरवका धारहरू ?
पंक्ति 52: पंक्ति 52:
  
 
पुर्खाहरूबाट सुनेको उही कथा
 
पुर्खाहरूबाट सुनेको उही कथा
कसरी  सधैं दोहो¥याउने सन्तानहरूलाई ?
+
कसरी  सधैं दोहोर्याउने सन्तानहरूलाई ?
  
 
केही फरक होस् भनेर
 
केही फरक होस् भनेर

14:13, 22 नवम्बर 2016 का अवतरण


हामी उक्लिरहेछौं
त्यही प्राचिन ठाडो उकाली
यो उही पाटी हो पुर्खाहरूले बास बसेको,

यहीँ आत्महत्या गरेथ्यो एक साँझ
कुनै विद्रोही युवाकविले !

उसले सिरानी हालेको दर्शनको किताब,
औ‌ला देखिने एकजोर पुराना जुत्ता,
देशभक्तिका गीतहरूको अप्रकाशित पाण्डुलिपि
र मसी सुकेको ऐतिहासिक कलम
छन् – अझै बाँकी छन्,

दुःखीहरूको नफर्किने दिनलाई
हामीले व्यर्थै एक दिन त फर्किन्छ भनेका थियौं कि  ?

कालो मसी घोप्टिएको इतिहासको क्रुर पाना,
दुर्घटनामा मारिएको राजनेताको आधा लेखिएको डायरी
आफ्नो लास बोकेर बेपत्ता हुने सोनामहरू
र विक्षिप्त सतीहरूको कोलाहलपूर्ण मौनता
छन् – अझै बाँकी छन्,

सपना पिएर धङधङिने
गँजडी बानी बसेको हो कि ?
हामीले चिनेनाै‌ समयलाई ?

उत्सवहरूको कालो भित्ता
सहिदकी आमाका टोलाइरहेका शुन्य आँखा,
भोकको ज्वाला, शोकको आघात
व्यक्तिस्वार्थको सुनौलो पिँजडामा बन्दी मन,
सधंै उदाउने सामन्त सूर्य
र कहिल्यै नसुक्ने गहको आँसु
छन् – अझै बाँकी छन्,

कुनै वृत्तको केन्द्रजस्तो
धेरै पर पुग्यौं भनेको – त्यहीँ हुँदारहेछौं
आफू चढ्न जानेनौ‌ शिखरहरू
कि अपदस्थ गर्दैछौं उचाइहरू ?
किन सभ्यताको जंगलीपनाको खियाले भुत्याइरहेछ
हाम्रा गौरवका धारहरू ?
नहुन् यी भनेर कामना गरेका धेरै कुरा
छन् – अझै बाँकी छन्,

पुर्खाहरूबाट सुनेको उही कथा
कसरी सधैं दोहोर्याउने सन्तानहरूलाई ?

केही फरक होस् भनेर
प्रतिक्षारत टक्क अडिएका छन् हाम्रा दृष्टिहरू
त्यही प्रसुतिगृहअगाडि
कुनै अप्रतिम युगपुरुष छोरालाई बोकेर
बाहिर निस्कँदै गरेकी आमालाई हेर्न भनेर ।