"सिल्भियासँग एक साँझ / रमेश क्षितिज" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=अर...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 11: | पंक्ति 11: | ||
ठमेलको यो व्यस्त साँझमा | ठमेलको यो व्यस्त साँझमा | ||
− | गल्लीहरू छिचोलेर हामी भेट भएका | + | गल्लीहरू छिचोलेर हामी भेट भएका छौं |
फेरि सायद भेट हुँदैन भन्नलाई ! | फेरि सायद भेट हुँदैन भन्नलाई ! | ||
− | र | + | र आफैंसँग तर्किहिँड्न स्वप्नहरूलाई प्रेम गर्न |
− | विवश | + | विवश छौं हामी |
− | सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा | + | सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरौं, |
टेबुलपिच्छे फरक छन् अन्तर्कथाहरू, | टेबुलपिच्छे फरक छन् अन्तर्कथाहरू, | ||
पंक्ति 24: | पंक्ति 24: | ||
र मातेर टोलाइरहेका आँखामा | र मातेर टोलाइरहेका आँखामा | ||
तरल–तरल बगिरहेको छ बिदाइ | तरल–तरल बगिरहेको छ बिदाइ | ||
− | सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा | + | सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरौं, |
केही विषादहरू छन् आधी गिलासमा | केही विषादहरू छन् आधी गिलासमा | ||
पंक्ति 30: | पंक्ति 30: | ||
प्लेटमा चलाइरहेको काँटाले | प्लेटमा चलाइरहेको काँटाले | ||
− | पटक–पटक आफ्नै मुटुमा घोचेर | + | पटक–पटक आफ्नै मुटुमा घोचेर |
− | हामी | + | हामी पिउँदैछौं |
अत्यासलाग्दो समयमा अन्तिम मातहरू | अत्यासलाग्दो समयमा अन्तिम मातहरू | ||
− | अनि | + | अनि हेर्दैछौं |
मुर्कट्टा प्रश्नका भयानक आवेगहरू | मुर्कट्टा प्रश्नका भयानक आवेगहरू | ||
− | सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा | + | सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरौं, |
सर्वव्यापी शाश्वत भाषा छ मान्छेको ! | सर्वव्यापी शाश्वत भाषा छ मान्छेको ! | ||
− | अनुहारमा पोतिएको सघन उदासी, | + | अनुहारमा पोतिएको सघन उदासी, |
मुस्कान र आँसु, | मुस्कान र आँसु, | ||
पीडा र अनुभूतिका खुट्टाहरू | पीडा र अनुभूतिका खुट्टाहरू | ||
भाषाबिनाका भाषा भएर ओहोरदोहोर गर्छन् | भाषाबिनाका भाषा भएर ओहोरदोहोर गर्छन् | ||
मनमनका कोरिडरहरू | मनमनका कोरिडरहरू | ||
− | संवादहीन भएर हामी | + | संवादहीन भएर हामी अल्झिरहन्छौं संवादहरूमा, |
किन मेट्न सकिन्न सिमाना र साँधहरू ? | किन मेट्न सकिन्न सिमाना र साँधहरू ? | ||
पंक्ति 52: | पंक्ति 52: | ||
मान्छे हुनुको परिचय नै किन पर्याप्त बन्दैन | मान्छे हुनुको परिचय नै किन पर्याप्त बन्दैन | ||
मान्छेको आफन्त हुनुका लागि ? | मान्छेको आफन्त हुनुका लागि ? | ||
− | सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा | + | सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरौं, |
पञ्चकन्याका मुस्कानमा | पञ्चकन्याका मुस्कानमा | ||
पंक्ति 59: | पंक्ति 59: | ||
अथाह समुद्र, | अथाह समुद्र, | ||
एउटै पृथ्वीमा बसेर पनि | एउटै पृथ्वीमा बसेर पनि | ||
− | किन यति टाढा | + | किन यति टाढा भइरहन्छौं हामी ? |
मुखुन्डाहरू – लाँखेका | मुखुन्डाहरू – लाँखेका | ||
पंक्ति 67: | पंक्ति 67: | ||
यी सबै अपूर्ण हुनेछन् | यी सबै अपूर्ण हुनेछन् | ||
सग्लो मान्छेको अर्थपूर्ण उपस्थितिबिना | सग्लो मान्छेको अर्थपूर्ण उपस्थितिबिना | ||
− | सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा | + | सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरौं । |
</poem> | </poem> |
14:17, 22 नवम्बर 2016 का अवतरण
समय घोडाका टापहरू
टक्टक् दौड्दैछन् द्रुत गतिमा,
ठमेलको यो व्यस्त साँझमा
गल्लीहरू छिचोलेर हामी भेट भएका छौं
फेरि सायद भेट हुँदैन भन्नलाई !
र आफैंसँग तर्किहिँड्न स्वप्नहरूलाई प्रेम गर्न
विवश छौं हामी
सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरौं,
टेबुलपिच्छे फरक छन् अन्तर्कथाहरू,
मध्याह्नका घटनाहरूलाई जबर्जस्ती बिर्सेर
व्यस्तता उग्राइरहेछ आ–आफ्नै धुनको झाडीमा
नेपथ्यमा बजिरहेछ सुरसुधाको मधुरो आर्केस्ट्रा
र मातेर टोलाइरहेका आँखामा
तरल–तरल बगिरहेको छ बिदाइ
सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरौं,
केही विषादहरू छन् आधी गिलासमा
र उडिरहेको धुवाँमा रङ्मङ्गिरहेको छ बाँकी खुसी
प्लेटमा चलाइरहेको काँटाले
पटक–पटक आफ्नै मुटुमा घोचेर
हामी पिउँदैछौं
अत्यासलाग्दो समयमा अन्तिम मातहरू
अनि हेर्दैछौं
मुर्कट्टा प्रश्नका भयानक आवेगहरू
सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरौं,
सर्वव्यापी शाश्वत भाषा छ मान्छेको !
अनुहारमा पोतिएको सघन उदासी,
मुस्कान र आँसु,
पीडा र अनुभूतिका खुट्टाहरू
भाषाबिनाका भाषा भएर ओहोरदोहोर गर्छन्
मनमनका कोरिडरहरू
संवादहीन भएर हामी अल्झिरहन्छौं संवादहरूमा,
किन मेट्न सकिन्न सिमाना र साँधहरू ?
किन बटुलेर संसारका जम्मै झन्डाहरू
रंगीचंगी कपडा बनाउन सकिन्न
नांगा मान्छेका लागि ?
मान्छे हुनुको परिचय नै किन पर्याप्त बन्दैन
मान्छेको आफन्त हुनुका लागि ?
सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरौं,
पञ्चकन्याका मुस्कानमा
तिमीले भेट्यौ हिमालहरूको विम्ब,
तिम्रा निला आँखाहरूमा हेरेँ मैले
अथाह समुद्र,
एउटै पृथ्वीमा बसेर पनि
किन यति टाढा भइरहन्छौं हामी ?
मुखुन्डाहरू – लाँखेका
तस्बिरहरू – कुमारीका
पोखरीका गहहरू र बुद्धको तेलचित्र
यी सबै अपूर्ण हुनेछन्
सग्लो मान्छेको अर्थपूर्ण उपस्थितिबिना
सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरौं ।