"नसम्झिनेलाई ! / रमेश क्षितिज" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=अर...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 3: | पंक्ति 3: | ||
|रचनाकार=रमेश क्षितिज | |रचनाकार=रमेश क्षितिज | ||
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह=अर्को साँझ पर्खेर साँझमा | + | |संग्रह=अर्को साँझ पर्खेर साँझमा / रमेश क्षितिज |
}} | }} | ||
+ | {{KKCatKavita}} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
+ | |||
सम्पूर्ण सहर आतिसबाजी गरेर | सम्पूर्ण सहर आतिसबाजी गरेर | ||
भव्य उत्सव मनाइरहेको समयमा | भव्य उत्सव मनाइरहेको समयमा |
08:36, 16 मार्च 2017 के समय का अवतरण
सम्पूर्ण सहर आतिसबाजी गरेर
भव्य उत्सव मनाइरहेको समयमा
कतै एकान्त कुनामा
आफू जन्मेको गाउँ सम्झँदै
नियास्रो मानिरहेकी थरुनी केटी देखेर
सम्झिनू – मेरो गीतको कुनै पंक्ति सम्झिनू
धेरै, माइती हिँडेका मैतालु, युगल प्रेमीहरू
र युद्ध लड्न हिँडेका सैनिकहरूलाई पारि तारेर
साँझको घाममा चम्किरहेको पानीमा
छप्लक्–छप्लक् हिर्काउँदै
निरुद्धेश्य डुंगा खियाइरहेको माझी देखेर
सम्झिनू यसलाई मैले जीवन भनेको छु
त्यो सम्झिनू,
थाहा छ यसपालि पनि वसन्त
हरिया रूखहरूमा मात्रै आएर फर्किनेछ !
दोबाटोमा ठिंग उभिएको
तैपनि नआउने त्यसलाई
र हाँगाका कुममा
कुनै रंगीचंगी पक्षीको स्पर्शलाई पर्खिरहेको
खबरहरूसँग बेखबर
नांगो–नांगो सुकिसकेको वृक्ष देखेर म भनेर सम्झिनू
पेटका लागि जिन्दगी लुटाइरहेका
असंख्य गरिब र निमुखा हामी सम्झिनू !