"मुक्त-उन्मुक्त मेरी आमा / मनप्रसाद सुब्बा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) (' {{KKGlobal}} {{KKRachna |रचनाकार=मनप्रसाद सुब्बा |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 1: | पंक्ति 1: | ||
− | |||
{{KKGlobal}} | {{KKGlobal}} | ||
{{KKRachna | {{KKRachna | ||
|रचनाकार=मनप्रसाद सुब्बा | |रचनाकार=मनप्रसाद सुब्बा | ||
|अनुवादक= | |अनुवादक= | ||
− | |संग्रह=भुइँफुट्टा शब्दहरू | + | |संग्रह=भुइँफुट्टा शब्दहरू / मनप्रसाद सुब्बा |
}} | }} | ||
+ | {{KKCatKavita}} | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
+ | |||
१. मलिलो माटोसित मेरी आमा | १. मलिलो माटोसित मेरी आमा | ||
खेतबारीको फाँट बनेर आइन् | खेतबारीको फाँट बनेर आइन् |
10:27, 16 मार्च 2017 के समय का अवतरण
१. मलिलो माटोसित मेरी आमा
खेतबारीको फाँट बनेर आइन्
आशा-आकाङ्क्षाका पहाड-पर्वत उठिन्
ममताको हत्केलासित मधेश फैलिँदै गइन्
घर थाम्नलाई घडेरी बसिदिइन्
हाम्रो लागि पूरै धरती नै सृष्टि गरी
आफू चाहिँ माटोबाटै मुक्त भइन्
२. पानी उम्रेर आमा पँधेरो झरिन्
र हाम्रा गाग्री, बाल्टी, भुल्डुङभरि भरिएर बसिन्
फूलदानीहरुमा फूलको तिर्खा मेट्दै बसिरहिन्
खेतहरुमा पसिन् कुलो बग्दै
कहिले सानु आँखामा महासमुद्र अँटाइन्
खडेरीले सुकिरहेको मनको फाँटमा
वर्षा गुनगुनाउँदै झरिदिइन्
हामीलाई यसरी पानीको धनी बनाइराखेर
आफू भने पानीबाट मुक्त भइन्
३. पूजाथानमा आमा धुपबत्ती बलेर
घरभरि मगमग उज्यालो भइआइन्
चुल्हामा मायालु आगो भुरभुर बलिन्
हाम्रा आँखा-आँखालाई ज्योति दिँदै आइन्
जाडो लाग्दा उनको काख तापेर पाएको
न्यानोपन हाम्रो छाती र हत्केलाभरि छ
यसरी उज्यालो ताप दिइराखेर
आफू चाहिँ उज्यालोबाटै मुक्त भइन्
४. हाम्रो छातीभित्र प्राणवायु बनेर
हामीलाई आ-आफ्नो श्वास-निःश्वाससित
भित्र-बाहिर गर्न सिकाइन्
विपदका भतभत भाभरमा
शितल हावाको सिर्सिर लहरले सुम्सुम्याइरहिन्
उनकै नाक-मुखबाट लहरिँदै आउने
सुगन्धित हावाको बुइ चढेर
शब्द र सङ्गीतहरू आइरहे
यसरी हामीलाई हावासित बाँच्न सिकाइराखेर
आफू भने हावाबाटै मुक्त भइन्
५. अग्लिने र उड्ने ठाउँ प्रशस्त बनाइदिएर
आमा सँधै हाम्रो आँखाभरि आकाश फैलिरहिन्
दुःख-पीरका नीलडामहरुलाई नीरमा रङ्गाएर
आकाश फिँजिएकी उनी
हाम्रा कोठा कोठा भएर आइदिइन्
बाँसुरी र सहनाइभित्र पसिन्
सादा पन्नामा आकाश टाँगिएर आमाले
शब्दका ताराहरुलाई निम्त्याइरहिन् सँधै
हत्केलाहरु अन्जुली बन्नसाथ
अन्जुलीभरि हुन्छ आकाश
मेरी आमा फैलेर बनेको आकाश
मैले आँ गर्दैपिच्छे पस्छ मुखभित्र
अनि मेरो चेतनाको सिलिङसम्म टाँस्सिएर बस्छ
भोको भाँडाको पर्खाइ भएर पनि बस्छ
अनि सपनाहरुको क्षितिज उघार्दै फैलिरहन्छ
मेरो सारा अस्तित्व नै आकाशमय बनाइराखेर
मेरी आमा अब
आकाशमै पनि नबाँधिने गरी मुक्त भइन्