भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"व्यङ्गोद्गार / श्यामदास वैष्णव" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=श्यामदास वैष्णव |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 5: पंक्ति 5:
 
|संग्रह=
 
|संग्रह=
 
}}
 
}}
 +
{{KKCatKavita}}
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>

12:04, 11 जुलाई 2017 के समय का अवतरण

'सत्य’ चिन्ने भए !
'सत्य' चिन्ने भए यदि-
'झूटा' को सङ्गत गर्न थाल !
तिनले जे-जे भन्छन्-
रगडेर नाक- 'सही' हाल !
स्वतन्त्रताको विशेषता जान्ने भए
कसैको 'चाकरी' गर्न थाल
गहतको झोलमा चुहाऊ र्‍याल ।
तब गुँज्नेछ भित्र 'अनहद ध्वनि'
हुन जानेछौ तिमी- सदा 'अरिनी' !
'क्रान्तिकारी' यदि हुने भए-
गरिब जति छन् सिध्याऊ !
बोतल सिनित्त रित्याऊ !
'विस्फोटित' हुनेछ तब 'ज्वालामुखी'
हुन जाने छैनन् यहाँ कोही दुःखी !
जो जस्तो बन्न चाहन्छौ
'प्रतिकूलतातिर' ध्यान दिने गर !
'नाइके' बन्ने भए यदि
जाली-फटाहाको सङ्गत गर !
तब प्रशस्त 'ताली' खानेछौ !
गाली पचाउन पनि सक्नेछौ !
अनि 'ख्याति प्राप्त' भई स्वर्ग जानेछौ
कुकुर पनि साथै लानेछौ ।
सत्यवादी युधिष्ठिरले कुकुर साथ लिई स्वर्ग गएथे भनिन्छ ।