भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
"गुलाब / सत्यमोहन जोशी" के अवतरणों में अंतर
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सत्यमोहन जोशी |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 27: | पंक्ति 27: | ||
आयु यस्तै छ हाम्रो ।।२।। | आयु यस्तै छ हाम्रो ।।२।। | ||
− | ( | + | |
+ | (नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक [[पद्यसङ्ग्रह_/_सम्पादित_पुस्तक|पद्यसङ्ग्रह]] बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको) | ||
</poem> | </poem> |
16:38, 9 जुलाई 2018 के समय का अवतरण
तीखा काँढा सब छ यसका,
चिर्न हर्दम् तयार ।
हावा चल्दा सिर सिर गरी,
पातको हुन्छ मार ।।
हाँगा नाच्छन् फर फर चली,
कोपिला फेरि हाँस्छन् ।
बन्दै साथी, चपल भमरा,
फूलमा चट्ट बस्छन् ।।१।।
हाँसी हाँसी सररर गरी,
फूल रोएर झर्छन् ।
बास्ना मीठा अलिकति दिंदै,
कालका गाँस बन्छन् ।।
फुल्छन्, झर्छन् सहज यसरी,
फूल मीठो र राम्रो
सारै छोटो तर बुझ यहाँ,
आयु यस्तै छ हाम्रो ।।२।।
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)