"उद्घोष / सीमा आभास" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सीमा आभास |अनुवादक= |संग्रह= }} {{KKCatKavi...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 13: | पंक्ति 13: | ||
मै हुँ यो सभ्यताको धरोहर | मै हुँ यो सभ्यताको धरोहर | ||
तपाईंको सभ्य शैली | तपाईंको सभ्य शैली | ||
− | + | मन्त्रजस्ता तपाईंका पवित्र वाणी पनि मै हुँ । | |
− | तपाईंको | + | तपाईंको निद्रा र सपना |
ध्यान, जप, तप मै हुँ | ध्यान, जप, तप मै हुँ | ||
− | म नै हुँ तपाईंको नग्नता छोप्ने | + | म नै हुँ तपाईंको नग्नता छोप्ने वस्त्र |
− | तपाईंको | + | तपाईंको अहम्को सुरक्षाकवच |
तपाईंलाई आराम दिलाउने घर । | तपाईंलाई आराम दिलाउने घर । | ||
− | तपाईंभित्र हुर्हुरिने | + | तपाईंभित्र हुर्हुरिने रिसको फिलुङ्गो म हुँ |
− | तपाईंभित्रको | + | तपाईंभित्रको भयड्ढर सैतान पनि म हुँ |
− | + | ईर्श्या र जलनले डामेको तपाईंको मस्तिष्क म हुँ | |
म नै हुँ तपाईंको मुटुभित्रको ढुकढुक | म नै हुँ तपाईंको मुटुभित्रको ढुकढुक | ||
तपाईंको रगतभित्रको नदी | तपाईंको रगतभित्रको नदी | ||
पंक्ति 30: | पंक्ति 30: | ||
तपाईं जे–जे हो त्यो सबै म हुँ | तपाईं जे–जे हो त्यो सबै म हुँ | ||
म जे–जे हुँ तपाईं कुनै पनि हैन | म जे–जे हुँ तपाईं कुनै पनि हैन | ||
− | र | + | र, म जे–जे हुइनँ त्यो पनि सबै म हुँ । |
− | म जे–जे हुइनँ त्यो पनि सबै म हुँ । | + | |
तपाईं जहाँ–जहाँ उभिनुहुन्छ | तपाईं जहाँ–जहाँ उभिनुहुन्छ | ||
त्यहाँ–त्यहाँ म थेगिदिन्छु तपाईंका पैताला | त्यहाँ–त्यहाँ म थेगिदिन्छु तपाईंका पैताला | ||
म जहाँ–जहाँ उभिन खोज्छु | म जहाँ–जहाँ उभिन खोज्छु | ||
− | त्यहाँ–त्यहाँ तपाईं भसाइदिनुहुन्छ मैले टेक्ने | + | त्यहाँ–त्यहाँ तपाईं भसाइदिनुहुन्छ, मैले टेक्ने जमिन । |
तपाईंको सभ्यताको कठपुतली | तपाईंको सभ्यताको कठपुतली | ||
तपाईंको अध्यात्मको भ्रम | तपाईंको अध्यात्मको भ्रम | ||
तपाईंको नैतिक धरोहर | तपाईंको नैतिक धरोहर | ||
− | यी | + | यी सारा–साराबाट आजित छु म । |
तपाईं नहुँदै पनि फेरेको छु सास मैले | तपाईं नहुँदै पनि फेरेको छु सास मैले | ||
− | + | हिँड्नसक्छु म आनै पैतालाले | |
− | + | आफैँ पुछ्नसक्छु पसिना आफ्नो | |
− | उद्घोष गर्छु | + | उद्घोष गर्छु ! |
− | + | नशामा धुकधुकी ब्यूँताएर | |
− | उतार्नेछु अब मेरो खाँट्टी | + | उतार्नेछु अब मेरो खाँट्टी रूप । |
तपाईंको चेतना जगाउने ज्योति पनि मै हुँ | तपाईंको चेतना जगाउने ज्योति पनि मै हुँ | ||
− | तपाईंको शरीर | + | तपाईंको शरीर बचाउने आत्मा पनि मै हुँ । |
+ | |||
अब भन्नुस् जीवित तपाईं हो या म ? | अब भन्नुस् जीवित तपाईं हो या म ? | ||
+ | |||
</poem> | </poem> |
11:37, 28 अप्रैल 2020 के समय का अवतरण
तपाईंले लेखेको किताब
तपाईंको विद्वत्ता, दर्शन र अध्यात्म मै हुँ
मै हुँ यो सभ्यताको धरोहर
तपाईंको सभ्य शैली
मन्त्रजस्ता तपाईंका पवित्र वाणी पनि मै हुँ ।
तपाईंको निद्रा र सपना
ध्यान, जप, तप मै हुँ
म नै हुँ तपाईंको नग्नता छोप्ने वस्त्र
तपाईंको अहम्को सुरक्षाकवच
तपाईंलाई आराम दिलाउने घर ।
तपाईंभित्र हुर्हुरिने रिसको फिलुङ्गो म हुँ
तपाईंभित्रको भयड्ढर सैतान पनि म हुँ
ईर्श्या र जलनले डामेको तपाईंको मस्तिष्क म हुँ
म नै हुँ तपाईंको मुटुभित्रको ढुकढुक
तपाईंको रगतभित्रको नदी
म नै हुँ तपाईंको प्राण ।
तपाईं जे–जे हो त्यो सबै म हुँ
म जे–जे हुँ तपाईं कुनै पनि हैन
र, म जे–जे हुइनँ त्यो पनि सबै म हुँ ।
तपाईं जहाँ–जहाँ उभिनुहुन्छ
त्यहाँ–त्यहाँ म थेगिदिन्छु तपाईंका पैताला
म जहाँ–जहाँ उभिन खोज्छु
त्यहाँ–त्यहाँ तपाईं भसाइदिनुहुन्छ, मैले टेक्ने जमिन ।
तपाईंको सभ्यताको कठपुतली
तपाईंको अध्यात्मको भ्रम
तपाईंको नैतिक धरोहर
यी सारा–साराबाट आजित छु म ।
तपाईं नहुँदै पनि फेरेको छु सास मैले
हिँड्नसक्छु म आनै पैतालाले
आफैँ पुछ्नसक्छु पसिना आफ्नो
उद्घोष गर्छु !
नशामा धुकधुकी ब्यूँताएर
उतार्नेछु अब मेरो खाँट्टी रूप ।
तपाईंको चेतना जगाउने ज्योति पनि मै हुँ
तपाईंको शरीर बचाउने आत्मा पनि मै हुँ ।
अब भन्नुस् जीवित तपाईं हो या म ?