भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"बाँकी अर्चना / ईश्वरवल्लभ" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
 
पंक्ति 51: पंक्ति 51:
  
 
मेरो घरको विरुवा सर्दै सरेन, मरेन पनि भन्दै  
 
मेरो घरको विरुवा सर्दै सरेन, मरेन पनि भन्दै  
मेरो घरको पाती लाग्दै लागेन, बगेन पनि भन्दै  
+
मेरो घरको पानी लाग्दै लागेन, बगेन पनि भन्दै  
 
मलाई माया गर, म बहुलाउन लागेको छु ।  
 
मलाई माया गर, म बहुलाउन लागेको छु ।  
 
म बलिसकेँ, बलुञ्जेल दाउरा हाल, म सल्कन लागेको छु ।  
 
म बलिसकेँ, बलुञ्जेल दाउरा हाल, म सल्कन लागेको छु ।  
पंक्ति 68: पंक्ति 68:
 
ती अनुहारहरू छुन सकिएन, घामले छेकिरह्यो  
 
ती अनुहारहरू छुन सकिएन, घामले छेकिरह्यो  
 
ती ओठहरू छुन सकिएन, वातावरणले छेकिरह्यो  
 
ती ओठहरू छुन सकिएन, वातावरणले छेकिरह्यो  
परको त्यो हामीले  भिजेको पर, यति थोरै समयमा   
+
परको त्यो हामीले  भिजेको घर, यति थोरै समयमा   
 
कति बिरानो भएछ ।  
 
कति बिरानो भएछ ।  
 
पूरा अर्काको भएछ ।  
 
पूरा अर्काको भएछ ।  

21:14, 15 सितम्बर 2020 के समय का अवतरण

निर्वैयक्तिक हुनुको पनि एउटा अन्तराल हुन्छ;
यता कठिन सपनाहरू कि उता जीवनका गोरेटाहरू
प्रकाशको किनारै-किनार गइरहेका अनेकौँ पाइतालाहरू
समाउँदै, आफूले भ्याउन नसकेका उचाइ र अग्लाइहरू;
म यसबेला कुनै बिम्व खोजूँ
तिमी यसबेला कुनै बिम्व खोज;
हत्केलाबाट चुहुन्जेल स्पर्श खोजिरहेर बाँचेका क्षणहरू
म र तिमी, तिमी र म;
खेतको डिलमा, भर्खरै जहाँ बाली काटिएको माटो गन्हाउँछ ।

अँगेना वा धुनीमा सल्काएको तन्नेरी आगो मसित बिउँझिरहन्छ
तापले दिग्गज छुन खोजिरहन्छ,
धेरै दिनपछि असमर्थताको कुरा
धेरै दिनअघि असमर्थताको कुरा,
आजको असमर्थताको कुरा,
हिसाबमा कसैको भूल छैन, तिमी पनि त्यस्तै भन्छौ;
यता मेरा सपना पराजित छन्, म भन्छु, जुन कुरा तिमी भन्दैनौ ।
एउटा अग्नि पराजित छ, कि जसले सल्काउन पाउँदैन
एउटा दाउरा पराजित छ, कि जसले सल्किन पाउँदैन ।
अग्नि म हुँ, सधैँ समिधा खोज्छु
समिधा तिमी हौ, बालिन खोज्छौ। यो तान्त्रिक आकाश !

किताबका अनेकौँ परिच्छेदहरू र कोठाहरू,
किताब पुछ्ने । यो बच्चा, म सम्झना गर्छु ।
एउटा विप्लवजस्तो लाग्छ किताब,
कि कुनैलाई पढ्न चाहँदिनँ ।
अब आदीश्वरको कुरा गर्दिनँ, किताबको कुरा गर्छु,
एउटा सिङ्गो मर्स्याङ्दी खोला बगेजस्तो हुँदो रहेछ किताब
हामी पर डिलमा हुँदा रहेछौँ,
कुनै नआएका अनुहारहरूका अनुहार खोल्दा रहेछौँ ।
बच्चा / किताब
म / तिमी,
डिल / आगो / फेरि आगो ।
सल्किन हामी बाध्य रहेछौँ ।

निर्वैयक्तिक हुनुको एउटा अन्तराल हुन्छ,
कृपया, तिमी मलाई चुस, सकिदेऊ, म सकिन चाहन्छु,
यहाँ त सूर्य छ / आँखा छ / म छु / तिमी छौ,
खोलेसा छ, आवाज छ/ईश्वर छ अझै;
म बाँकी रहन्छु
आज प्रत्येक व्यक्ति बाँकी रहन्छ ।

मेरो घरको विरुवा सर्दै सरेन, मरेन पनि भन्दै
मेरो घरको पानी लाग्दै लागेन, बगेन पनि भन्दै
मलाई माया गर, म बहुलाउन लागेको छु ।
म बलिसकेँ, बलुञ्जेल दाउरा हाल, म सल्कन लागेको छु ।
कथा भन । एउटा कथा भन । एउटा कथा भन । म विरुवा सार्न चाहन्छु ।
अनकन्टार वनको कुहिरो लाग्छ आज पनि मेरा घरका बलेँसीहरूमा ।
नितान्त बसेर मात्रै आपसमा कुरा गरिरहन्छौँ हामी
हवि र अग्नि / अग्नि र हवि,
अपर्याप्त जीवनहरू सँगसँगै बसेका हुन्छन्
तर बल्न सक्दैनन्
त्यसैले खरानी हुन पनि सक्दैनन्,
अनेकौँ दिनका प्रयत्न अपर्याप्त भएका हुन्छन्;
त्यसैले अनेकौँ दिनका शुद्ध अर्चनाहरू पनि अपर्याप्त भए ।
समीप पुगेका थियौँ हवि र अग्निझैँ,
सामीप्य तैपनि अपर्याप्त भए ।

ती अनुहारहरू छुन सकिएन, घामले छेकिरह्यो
ती ओठहरू छुन सकिएन, वातावरणले छेकिरह्यो
परको त्यो हामीले भिजेको घर, यति थोरै समयमा
कति बिरानो भएछ ।
पूरा अर्काको भएछ ।
हामी सीमाना बाहिर भएछौँ । सल्किरहेको नदीको किनारा भएछौँ ।

सल्किरहेको अर्चना अझै बाँकी छ ।
अझै बाँकी छन् बिम्वका महलहरू र खण्डहरहरू ।
तर वेदीको तातोको छेउ घरि-घरि पुगिरहँदा पनि पोल्दो रहेछ ।
एउटा सिङ्गो घाम बोकेर हिँडिरहनु पनि गाह्रो हुँदो रहेछ ।
मेरा विरुवाहरू जहिलेसुकै यस्तै घाम र वेदीमा पर्छन्
डढ्न खोज्छन् ।

पात र हाँगाहरू काला झर्न खोज्छन्,
नियान्ता भएर कहिलेकाहीँ चीसो शीतलता पनि खोज्छन्
तर, नियति बल्नुबाहेक के रह्यो र, तैपनि
सल्किरहेको अर्चना अझै बाँकी छ ।