"प्रतीक्षा / कुन्दन शर्मा" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कुन्दन शर्मा |अनुवादक= |संग्रह= एउ...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
भो नफकाऊ मलाई अब | भो नफकाऊ मलाई अब | ||
भावनाका कुनै प्रलोभनले | भावनाका कुनै प्रलोभनले | ||
पंक्ति 18: | पंक्ति 17: | ||
अघाएन कहिल्यै | अघाएन कहिल्यै | ||
तिम्रो यो लोभ स्वामित्वको । | तिम्रो यो लोभ स्वामित्वको । | ||
+ | |||
पल्टाएर हेर | पल्टाएर हेर | ||
कला, साहित्य र इतिहासका पाना | कला, साहित्य र इतिहासका पाना | ||
पंक्ति 29: | पंक्ति 29: | ||
तिमीले देख्नै पाएनौ | तिमीले देख्नै पाएनौ | ||
चाहेनौ पनि क्यार हेर्न । | चाहेनौ पनि क्यार हेर्न । | ||
+ | |||
तिम्रो अहमले स्वीकार्न सकेन कहिल्यै | तिम्रो अहमले स्वीकार्न सकेन कहिल्यै | ||
मेरो स्वतन्त्र व्यक्तित्व | मेरो स्वतन्त्र व्यक्तित्व | ||
पंक्ति 39: | पंक्ति 40: | ||
तिम्रो संरक्षणबिना बाँच्न नसक्ने | तिम्रो संरक्षणबिना बाँच्न नसक्ने | ||
अबला नारी ठहरिएँ । | अबला नारी ठहरिएँ । | ||
+ | |||
तिमीले जे चाह्यौ | तिमीले जे चाह्यौ | ||
सो देख्यौ, सोही खोज्यौ ममा | सो देख्यौ, सोही खोज्यौ ममा | ||
पंक्ति 55: | पंक्ति 57: | ||
जीवहत्याजस्तै पाप हो | जीवहत्याजस्तै पाप हो | ||
र सोही अपराध तिमीले गरेका छौ । | र सोही अपराध तिमीले गरेका छौ । | ||
+ | |||
आज आफ्नै सोचाइको विकृतिबाट कुण्ठित | आज आफ्नै सोचाइको विकृतिबाट कुण्ठित | ||
हे अधुरो पुरुष ! | हे अधुरो पुरुष ! | ||
पंक्ति 61: | पंक्ति 64: | ||
शरीर र संरक्षणबाहेक | शरीर र संरक्षणबाहेक | ||
अरू धेरै कुरा खोज्छ तिमीमा । | अरू धेरै कुरा खोज्छ तिमीमा । | ||
+ | |||
खोइ पुरुष यहाँ | खोइ पुरुष यहाँ | ||
जसलाई पाएर | जसलाई पाएर | ||
पंक्ति 67: | पंक्ति 71: | ||
जसलाई चाहेर | जसलाई चाहेर | ||
जोबाट म मुक्त बाँच्न सकूँ । | जोबाट म मुक्त बाँच्न सकूँ । | ||
+ | |||
म 'म' हुन सकूँ | म 'म' हुन सकूँ | ||
प्रतीक्षा केवल प्रतीक्षा | प्रतीक्षा केवल प्रतीक्षा |
21:32, 7 सितम्बर 2024 के समय का अवतरण
भो नफकाऊ मलाई अब
भावनाका कुनै प्रलोभनले
धेरै भोगिसकें
यस्ता प्रपञ्च मैले यहाँ
सबै निहुँले
केवल प्रभुत्व चाहन्छौ तिमी
ममाथि ।
अघाएन कहिल्यै
तिम्रो यो लोभ स्वामित्वको ।
पल्टाएर हेर
कला, साहित्य र इतिहासका पाना
ती तिम्रा मनपरीका खेलबाड मसित
म क्रमश:
विवश
खण्डित
र विभाजित हुँदै गएँ
तिम्रो सम्पर्कमा ।
मेरो पूर्ण रूप
तिमीले देख्नै पाएनौ
चाहेनौ पनि क्यार हेर्न ।
तिम्रो अहमले स्वीकार्न सकेन कहिल्यै
मेरो स्वतन्त्र व्यक्तित्व
तिम्रो लागि
म केवल तिम्रो जीवन सार्थक बनाउन आएकी थिएँ
मेरो अस्तित्वको
आफ्नो कुनै उद्देश्य थिएन ।
म सुन्दर, कोमल
निर्धा, असहाय
तिम्रो संरक्षणबिना बाँच्न नसक्ने
अबला नारी ठहरिएँ ।
तिमीले जे चाह्यौ
सो देख्यौ, सोही खोज्यौ ममा
बाँधेर राख्यौ तिमीले मलाई सदा
मूल्य, मान्यताका अनेकन् बन्धनले ।
तिमी डराउँथ्यौ क्यार
मलाई मुक्त गर्न !
र आज मलाई दासत्व दिँदादिँदै
तिमी स्वयं कमारा भएका छौ
सहस्र कमजोरीका
र म तिम्रो सबैभन्दा बलियो कमजोरी !
सम्बन्धलाई समर्पणको जामा पहिराउने
हे निर्धो पुरुष !
नमाग यस्ता बलिदान मबाट अब
व्यक्तित्वको मृत्यु
जीवहत्याजस्तै पाप हो
र सोही अपराध तिमीले गरेका छौ ।
आज आफ्नै सोचाइको विकृतिबाट कुण्ठित
हे अधुरो पुरुष !
तिमी मलाई तृप्ति दिन पनि असमर्थ भएका छौ
मेरो मन
शरीर र संरक्षणबाहेक
अरू धेरै कुरा खोज्छ तिमीमा ।
खोइ पुरुष यहाँ
जसलाई पाएर
जोसँग म सम्पूर्ण हुन सकूँ !
खोइ पुरुष यहाँ ?
जसलाई चाहेर
जोबाट म मुक्त बाँच्न सकूँ ।
म 'म' हुन सकूँ
प्रतीक्षा केवल प्रतीक्षा
आदिकालदेखि
के अनन्तसम्म ?