Last modified on 29 जून 2019, at 22:30

त्यही काफी छ / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:30, 29 जून 2019 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

कामेका छन् नबोल्दै ती अधर, त्यही काफी छ
म सामु हुनुले नै गर्‍यो असर, त्यही काफी छ
 
सबै प्रतिफल मायाको, पाइएन त के भयो ?
व्यस्त छ कुरा काट्न् सारा शहर, त्यही काफी छ
 
त्यो भीडमा खोजिरहेथे सबै आफ्नैस मान्छेलाई
अडियो ममा एकछिन् तिम्रो नजर त्यही काफी छ
 
जीवनभरको साथ दिन हैन मुटु फर्काउनै सही
जे होस्, आयौ एकपल्ट मेरो घर त्यही काफी छ
 
चिन्नै नसक्ने पारून्‌ चाहे जीवनका चोटहरूले
गर्दैछ अझै मृत्युले कदर, त्यही काफी छ
 
नगर् चिन्ता सोचेको जस्तो भएन भन्ने सुमन !
बाँकी छन् मनमा हजारौँ रहर, त्यही काफी छ