कहिल्यै प्रेम भएन
ईृश्वर र मेरो
भक्तिको नाममा
न मैले ईश्वरको प्रगीत बोलेँ ?
सपनाको थप एउटा चगा उडाएँ
मनकै भयको कसिंगर डढाएँ
भजनको लयमा
मनोरञ्जन मिसाएर
मेरै खसी गाएँ
र मन्दिरमा पूर्णतः
मैले ईश्वरलाई बिर्सिएँ।
कहिल्यै मेल भएन
आशिष् र मेरा सपनाको,
इच्छाको क्षितिजमा तरेली उठ्दै खस्तै गरे ध्यानमा
त्यहाँ कतै ईश्वर थिएन।
बाँकी त हज्जारौँ देवदूतहरु
कति जिउँदा देवताहरु
सयौँ स्वादका प्रसादहरु
सयौँ बन्कीका मुर्तिहरु
अहँ, पटक्कै
मैले ईश्वरलाई कहीँ कसैको दु:खनजीक पुगकै देखिनँ।
कसले रच्यो यो अदृश्य जादू
जो झुक्क्याइरहेछ
सजिलै
एक्काइसौँ शदीका मान्छेलाई
कि बाँकी छ केही रहस्य
र खोजिरहेछ उसैलाई ?
कदाचित् भेट भए भनिदिन्थेँ
धेरैधेरै पीडाका साउतीहरु
पापका प्रायश्चितहरु
प्रेमप्रणयहरु
दु:खका सुसेलीहरु
नसुनिदिएकोमा धन्यबाद।
नत्र न्याय दिने थिएँ..
हिरासत बन्द ईश्वरलाई
भागेर कहाँ पुगिसक्थ्यो होला ऊ
मन्दिरमा नथुनिएको भए।