Last modified on 18 सितम्बर 2023, at 19:53

शिखर भने कहाँ / गोपाल योञ्जन

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:53, 18 सितम्बर 2023 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

शिखर भने कहाँ, अझै कति टाढा
अहिलेसम्म जाँदैछु म, एक्लै डाँडा डाँडा

म त यस्तो होइन दाइ, मेरो करम यस्तो
भ्याए जति गर्दै जाने आफ्नो धरम यस्तो
सहँदै जानु पर्ला दाइ, आउला दिन जस्तो जस्तो

मैले जति पाइला हिँडेँ, सबै मेट्दै आएँ
पाए जति खुशी व्यथा, सब समेट्दै आएँ
यही भाका गलाभरी मैले रेट्दै रेट्दै आएँ