Last modified on 29 जून 2017, at 11:24

गजल / गोपीनाथ शर्मा लोहनी


अहो ! कस्तो सिताराको झलक् देखिन्छ त्यो मुख्मा,
सदा-काल हेर्न क्या तागत् रवाफ् यस्तै छ त्यो मुख्मा ।।

सुनी वाणी मधुर् तिन्को यही पर्ने छ भान् मन्मा
मृतक्लाई जियाऊने सुधा खानी छ त्यो मुख्मा ।।

कमल् जस्तो सफा रोगन् विना दाग्को भई फेरि,
शशीको दाग झै बीचमा अमोल् कोठी छ तयो मुख्मा ।।

गजल् गीत विध्न निक्लन्छन् इमन् जर्वारीया माहां,
कसै निक्नुन्न नाथ् भन्ने कउन् कारण् छ त्यो मुख्मां ।।

('पद्य-संग्रह' बाट)