भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
उनलाई पीर परेको बेलामा / हरिभक्त कटुवाल
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:55, 1 जुलाई 2017 का अवतरण (Sirjanbindu ने झरेको पात झैँ भयो / हरिभक्त कटुवाल पृष्ठ उनलाई पीर परेको बेलामा / हरिभक्त कटुवाल पर स्थ...)
झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगि
निभेको दीप झैँ भयो, उदास मेरो जिन्दगि
चुरा फुटे सरी भयो, चराहरु उडी गए २
हजार कोपिलाहरू नमुस्कुराउंदै झरे
उठेको बस्ति झैँ भयो, प्रबास मेरो जिन्दगि
निभेको दीप झैँ….
बिहान जो खुसि थियो, जलेर खाक भै सक्यो २
भिजेको पात पातमा, निसाधको कथा थियो
अँधेरी रात झैँ भयो, बिषाद मेरो जिन्दगि
निभेको दीप झैँ….
जलीरहेछ लाश भित्र, भित्र काहीं छातीमा २
टुटे फुटेका स्वप्न झैँ, अँध्यारो मात्र छातीमा
जिबन बगर सरि भयो, उराठ मेरो जिन्दगि
निभेको दीप झैँ….
शब्द: हरिभक्त कटुवाल
संगीत: कालीप्रसाद रिजाल
स्वर: नारायण गोपाल