Last modified on 28 जुलाई 2020, at 14:22

बैंसका चरा / सुदीप पाख्रिन

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:22, 28 जुलाई 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

बैंसका चराहरु
जीवनका हरिया भरिला हाँगाहरुमा
नाँच्दै, उफ्रदै चिरबिराउदैछन्

बैंसका चराहरु
संगतिका टाकुराहरुमाथि गुँड बनाइ बस्नु पर्ने
तर बिसंगतिका काँडादार झ्यांगहरुमा
अल्झिइ घाइते भएका छन्

बैंसका चराहरु
मायाको आकाशमा उन्मुक्त कावा खाँदै
जीवनको उच्चतालाई छुनु पर्ने
तर कामको तलवारले प्वाँखहरु काटिएर
बदनामीको दलदलमा सुंगुरझैं लत्पतिरहेका छन्

बैंसका चराहरु
जुडास कुटिलताहरु लिएर उड्दछन्
देवदत्त आँखाहरु बोकेर उड्दछन्
मिदासका रहरहरुको गन्तब्यसम्म

बैंसका चराहरु
चराहरु जस्ता छन्
अपितु चराहरु भने होइनन्
त्यसैले त जीवनका हरिया भरिला हाँगाहरुको भानमा
जीवनका सुकेका हाँगाहरुमा नाँच्दै उफ्रदै चिरबिराउदैछन्