भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

किन गर्छौ तानातानी / मित्रसेन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:13, 27 जनवरी 2022 का अवतरण

यहाँ जाएँ: भ्रमण, खोज

संसार सागरमा कति नै जीव जन्मी मरी गए
तर छन् अमर जोले धर्ममा तन र मन सौँपिदिए

ठूला ठूला वलवान जगतमा
जसको भारी मान थियो
केही पनि थाहा लागेन
खै, आज भोलि कता गए

किन गर्छौ तानातानी, मानामानी
दुई दिनको छ यो दानापानी
किन गर्छौ तानातानी, मानामानी

माटोको यो देह बनेको
पाप करम लिई रैछ जनेको
राम्रो भनी केन भनेको
राम्रो भक्ति केन भनेको
पातमाथिको पानी
बतासले उडाई लैजाने
किन गर्छौ तानातानी, मानामानी

सबैले तिमीलाई साथी भन्छन्
मतलब रहेसम्म जाती भन्छन्
पैसा छँदासम्म सुसारा गर्छन्
मोरेको हेरी डराउने
अनि भूत भनी नजीक नहीं आउने
किन गर्छौ तानातानी, मानामानी

मानिसको जिउनी सधैँ त पाउन्नौ
किन प्रभूसँग ध्यान लगाउन्नौ
पुस्तक पुराणमा कहिले भी जान्नौ
रोदीमा नाचगाना गाई
तिमी बोतलमा भई मस्तानी
किन गर्छौ तानातानी, मानामानी