Last modified on 8 मई 2020, at 12:29

बिहान नभई बतासले / ईश्वरवल्लभ

बिहान नभै बतासले शीत किन सुकाइदिन्छ
जस्तै मेरा पीरहरूले गीत सबै लुकाइदिन्छ

छाया परे परे जस्तो चेहराको ऐनाभित्र
कहिले काहीँ बिर्सिदिन्छु बितेका अनेक चित्र
कसैले त हारिसके, जितिसके जिन्दगीमा
म पनि त जितूँ भन्छु, कसलेकसले बिर्साइदिन्छ

बिम्ब झरेझरेजस्तो फूलभित्र तरेलीमा
कहिले काहीँ अल्झिदिन्छु आँसुभित्र परेलीमा
मलाई पनि कतैतिर माया लागेजस्तो हुन्छ
सम्झिएका व्यथा सबै, कसलेकसले बिर्साइदिन्छ