भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सपना / मनप्रसाद सुब्बा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:31, 23 अगस्त 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=मनप्रसाद सुब्बा |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

मन्चमा उभेर उसले घोषणा गर्यो :
डर अनि फिक्रीले गर्दा
वर्षौँवर्ष निदाउन नसकेका मान्छेहरू हो !
म तिमीहरूलाई ढुक्कको निद्रा दिनेछु
त्यो निद्रामा तिमीहरूले
मैले देखेकै सपना देख्नेछौ ।

भोलिपल्ट
यो सहरका मानिसहरूले मुस्कुराउँदै
एकअर्कालाई सोधे –
राती निद्रा पर्यो ?
मज्जाले निदाएँ नि ! सपना पनि देखेँ ।
कस्तो देख्यौ ?
अर्कोले कानमा गुन्गुनाउँछ सपना ।
अप्पुई ! मैले पनि त्यै सपना त देखेँ ।
अर्कोले पनि त्यसै भन्छ, अनि अर्कोले.. अर्कोले..
रातैपिच्छे यौटै सपना देखेर मक्ख पर्नेहरू
अब दिनमै पनि निदाउने भए
सडकमा हिँड्दा हिँड्दै पनि निदाउन थाले
निदाउँदै, सपनामै बोल्दै हिँड्नथाले ।

यसरी सडकै ढाकेर निद्रामा एकोहोरो हिँडिरहेको भीड हेर्दै
मन्चमा विराजमान मान्छे चैं अचेल
झलमल्ल मुस्कुराइरहन्छ ।

सपनाको रङ्गले छ्यापछ्याप छेपिएका आँखाहरूले
त्यो मञ्चको ठूलो पर्दामा
त्यै सपनाको अझ ठूलो रुप देख्छन् ।